द्वन्द्वकालका गम्भीर अपराधका घटनामा आममाफी दिन मिल्दैनः दाहाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वकालका गम्भीर अपराधमा संलग्नलाई आममाफी दिन नसकिने बताएका छन्।

विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पूरा भएको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले अन्तर्राष्ट्रिय कानून, मानव अधिकारका दृष्टिले गम्भीर ठहर्‍याइएका घटनामा संलग्नहरूलाई माफी दिन नमिल्ने बताएका हुन्।

“समाजमा दिगो शान्ति स्थापना गर्न र पीडितलाई न्याय दिन पनि द्वन्द्वकालका गम्भीर अपराधका घटनामा आममाफी दिन मिल्दैन,” दाहालले भने।

यस्तै उनले सत्य निरूपण तथा मेलमिलाप आयोगमा पुराना पदाधिकारी नदोहोरिने बताएका छन्।

द्वन्द्वपीडितहरूको समस्या अब छिट्टै समाधान गर्ने आश्वासन पनि दिएका छन्।

उनले पीडितको चाहना र सरोकारवाला निकायको सुझावका आधारमा नयाँ पदाधिकारी ल्याउने पक्षमा उभिएको बताए।

अध्यक्ष दाहालले विगतमा गठन गरिएको सो आयोगका पदाधिकारीमाथि पीडित पक्षको विश्वास र भरोसा नभएकाले पनि पुराना पदाधिकारी दोहोर्‍याउन नमिल्ने अडानमा आफू रहेको पनि स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्