काठमाडौं। देशमा उत्पादित विद्युत् खेर जान्छ कि भन्ने चासो बढिरहेका बेला सरोकारवालाहरूले उत्पादन बढेपछि स्वतःमाग सिर्जना हुँदै जाने बताएका छन्।

ऊर्जा सम्मेलन, २०१९ को सम्मेलनको पहिलो सत्रमा बोल्दै भारतका पूर्वऊर्जा सचिव आरभी शाहीले विद्युत् खपतका लागि चिन्ता लिनु नपर्ने बताए। “हिजो बिहारमा पनि यही समस्या देखिएको थियो तर, त्यहाँ उत्पादन बढ्दै गयो माग पनि सिर्जना हुँदै गयो” बिहारको उदाहरण दिँदै उनले भने, “विद्युत खपत वा बजार समस्या होइन ।”

भारत–भुटान प्रसारण लाइन सञ्चालनमा रहेको, फेब्रुअरीसम्म ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइन ४०० केभी सञ्चालनमा आउने र २०२१ सम्ममा भारत–बंगलादेश डेडिकेटेड प्रसारण लाइन बन्ने उनले जानकारी दिए। उनका अनुसार भुटान, बंगलादेश, नेपालसँग ‘ग्रीड सिंक्रोनाइज’ भई बीबीआईएन नै सिंक्रोनाइज हुनेछ ।

सीमापार बजारको ढोका खुल्ने हुँदा दक्षिण एशियामा मिश्रित ऊर्जाको विकास मात्र नभई बजार समेत विस्तार हुने शाहीको भनाइ थियो।

अन्तरदेशीय विद्युत् व्यापारको कुरा चलिरहँदा निजी क्षेत्रले उत्पादन गरेको विद्युतको दर के हुन्छ, कस्ले किन्छ? भन्ने चिन्ता बढिरहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का महासचिव आशिष गर्गले बताए ।

“प्रसारण लाइन कुन ढाँचामा प्रयोग हुन्छ, लगानी कहाँबाट आउँछ तथा नीतिगत व्यवधान कसरी हल हुन्छ भन्ने चिन्ता यथावत छ”, उनले भने, “सरकारले सहजीकरण नगर्ने हो भने निजी क्षेत्रको अर्बौं लगानी खेर जाने खतरा समेत देखिन्छ”

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रत्येक घण्टा मागमा उतारचढाव आइरहेको तर, आपूर्ति निश्चित रहेको बताए। यो समस्या समाधा नगर्न विद्युतको क्षेत्रीय आदान–प्रदान आवश्यक रहेको र ‘डे अहेड’ तथा ‘टाइम अहेड मार्केट’ त्यसका लागि प्रभावकारी हुने उनको तर्क थियो।

भुटानको ड्रुक ग्रीनपावर कर्पोरेशन लिमिटेडका प्रबन्ध निर्देशक छेवाङ रिन्जिनले देशमा ठूला लगानीकर्ता पाउन गाह्रो भएपनि भारतले सघाउनुका साथै उसैलाई बिक्री गरेर राम्रो आय गर्न सकेको बताए। “हामीले सानो परियोजनाबाट भारतको बजार पाउन प्रयास गरेका थियौं” उनले भने, “अहिले भारतले, डे अहेड, टाइम अहेड जस्ता धेरै विकल्प ल्याएको छ, यसबाट धेरै सहज भएको छ ।”

बंगलादेशका सरकारका सहसचिव मोहम्मद रोकुनउल हुसेनले आफ्नो देशमा स्वच्छ ऊर्जाको सम्भावना रहेको सोलार पावर राख्दा कृषियोग्य जमीनमा नोक्सानी हुने भएकाले पनि जल विद्युतमै जोड दिएको बताए। यसका लागि नेपालबाट समेत जलविद्युत् किन्ने प्रयास भइरहेको उनले जानकारी दिए।

काठमाडौंमा आजदेखि शुरू भएको ऊर्जा सम्मेलन भोलि सकिनेछ। सम्मेलनमा नेपाल, भारत, बंगलादेश, भुटान, चीन लगायतका देशका ऊर्जासम्बद्ध मन्त्रीका साथै सरकारी निकाय तथा निजीक्षेत्रका प्रतिनिधिहरू सहभागी छन्।

सम्मेलनमा आन्तरिक विद्युत् बजार, विद्युत् बजारको नियमनका साथै क्षेत्रीय विद्युत् व्यापारको अवस्था तथा सम्भावना जस्ता विषयमा छलफल हुनेछ।

" /> काठमाडौं। देशमा उत्पादित विद्युत् खेर जान्छ कि भन्ने चासो बढिरहेका बेला सरोकारवालाहरूले उत्पादन बढेपछि स्वतःमाग सिर्जना हुँदै जाने बताएका छन्।

"> ‘विद्युत् उत्पादन बढाउनुस्, खपत गर्ने बजारको चिन्ता लिनुपर्दैन’: Dekhapadhi
‘विद्युत् उत्पादन बढाउनुस्, खपत गर्ने बजारको चिन्ता लिनुपर्दैन’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्