काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले मन्त्रिपरिषद् पुनर्गठनबारे असन्तुष्टि प्रकट गरेका छन्।
आज साँझ सामाजिक सञ्जाल ट्विटरमा आफ्नो भनाइ सार्वजनिक गर्दै उनले ‘कम्युनिष्ट पार्टीको उछितो काढ्नेहरू’लाई मन्त्रालय सुम्पिएको आरोप समेत लगाएका छन्।
‘कम्युनिष्ट पार्टीलाई बलियो र विजयी बनाउन रगत–पसिना बगाउने र देशको लागि दृढतापूर्वक उभिने पार्टीपंक्ति नै अपमानित हुनेगरी संविधान निर्माणमा अवरोध गर्ने र कम्युनिष्ट पार्टीको उच्छित्तो काढ्नेहरूलाई नै संघीय मामिला र सामान्य प्रशासन एवं कानून, न्याय र संसदीय मामिला जस्ता मन्त्रालय सुम्पिनु पर्ने के बाध्यता आइलाग्यो?’, रावलले लेखेका छन्।
४ मंसीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको मन्त्रिपरिषद्मा संघीय मामिला र सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी हृदयश त्रिपाठी र कानून, न्याय र संसदीय मामिलामन्त्रीको जिम्मेवारी उपेन्द्र यादवले पाएका छन्। त्रिपाठीले आजै पद तथा गोपनियताको शपथ लिइसकेका छन्। जिम्मेवारी हेरफेर भएका यादव भने देशबाहिर छन्।
‘विगतमा कम्युनिष्ट पार्टीविरूद्ध क्रियाशील, धनबल र पूँजी राजनीतिबाट समानुपातिक सांसद बनेकालाई अझ मन्त्री बनाउनुको औचित्य के हो?’, पूर्व गृहमन्त्री एवं रक्षामन्त्री समेत रहेका रावलले लेखेका छन। उनकोल संकेत उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडप्रति लक्षित छ।
नेकपा नेता रावलले मन्त्रिपरिषद् पुनर्गठनमा संविधानको समानुपातिक र न्यायको मर्मलाई सम्मान नगरिएको आरोप समेत लगाएका छन्।
" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले मन्त्रिपरिषद् पुनर्गठनबारे असन्तुष्टि प्रकट गरेका छन्।आज साँझ सामाजिक सञ्जाल ट्विटरमा आफ्नो भनाइ सार्वजनिक गर्दै उनले ‘कम्युनिष्ट पार्टीको उछितो काढ्नेहरू’लाई मन्त्रालय सुम्पिएको आरोप समेत लगाएका छन्।

">