काठमाडाैं विश्वविद्यालयबाट एक हजार ६ सय विद्यार्थी दीक्षित हुँदै
काभ्रे। काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयबाट उत्पादित चिकित्सा विधाका स्नातक र स्नातकोत्तर तहका एक हजार ६०४ विद्यार्थी भाेलि, ६ कात्तिकमा दीक्षित हुने भएका छन्।

काठमाडौं विश्वविद्यालयले आज विश्वविद्यालय परिसरमा पत्रकार सम्मेलन गरी २५औं दीक्षान्त समारोहबाट चिकित्सा विधा तथा अन्य विधामा स्नातक गरेका विद्यार्थी दीक्षित गर्न लागिएको जनाएको छ।

दीक्षित हुनेमा एमसीएच, डीएम, एमडी, एमएस, एमएस्सी र एमडीएसका १४८, एमबीबीएसका एक हजार ९८, बिडिएसका २१८, बीएस्सी इन नर्सिङका ११६ र बिपिटीका २४ विद्यार्थी रहेको विश्वविद्यालयका सूचना तथा सञ्चार प्रमुख डा. हेमराज काफ्लेले जानकारी दिए।

चिकित्सा विधाको माथिल्लो तहको एमसीएच उपाधि चारजनालाई प्रदान गरिने छ।

तीमध्ये विश्वविद्यालयबाट पहिलो पटक एकजनालाई ‘प्लाष्टिक एण्ड रिकन्स्ट्रक्टिभ सर्जरी’ विषयमा एमसीएच उपाधि प्रदान गरिने काफ्लेले बताए।

दीक्षित हुनेमध्ये भारत, भुटान, श्रीलङ्का, मालदिभ्स, अमेरिका र बेल्जियमका २४६ विद्यार्थीसमेत छन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्