काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रीपरिषद्का सदस्यहरूलाई पैसाको लोभमा बदनामी नकमाउन निर्देशन दिएका छन्।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूको स्वागतमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जनअपेक्षालाई ध्यानमा राखेर काम गर्न र आपसी समन्वयसँगै काममा गति दिन समेत निर्देशन दिए।
“काठमाडौंका सडकमा खाल्डा छन् भनेर धेरै सुनियो, अबको चार महीनाभित्र सबै खाल्डाखुल्डी पुरिनुपर्छ”, प्रधानमन्त्रीले भने, “एउटा मन्त्रालयले बनाउने, अर्कोले भत्काउने काम अब नहोस्, सबैको समन्वयमा चाँडै यो काम होस्।”
प्रधानमन्त्री ओलीले जनताले गफ नभई काम चाहेको उल्लेख गर्दै अब आफूले पनि नतीजा खोज्ने बताए।
चिनियाँ राष्ट्रपति सि चिनफिङ नेपाल आउँदा सात दिनमा कैयौं काम भएको उल्लेख गर्दै प्रधानमन्त्रीले चाहने हो भने धेरै काम छिटो हुने स्मरण गराए।
प्रधानमन्त्री ओलीले आर्थिक चलखेल र प्रलोभनमा परेर बदनामी नकमाउन समेत मन्त्रीहरूलाई सचेत गराए ।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रीपरिषद्का सदस्यहरूलाई पैसाको लोभमा बदनामी नकमाउन निर्देशन दिएका छन्।नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूको स्वागतमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जनअपेक्षालाई ध्यानमा राखेर काम गर्न र आपसी समन्वयसँगै काममा गति दिन समेत निर्देशन दिए।

">