अबुधाबी टी-१० लिगः सन्दीपले लिए दुई विकेट

काठमाडौं। दश/दश ओभरको अबुधाबी सुपर लिगको आजको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले महत्वपूर्ण दुई विकेट लिएका छन्।

क्वालान्डर्सविरुद्धको खेलमा टस हारेर पहिले फिल्डिङ रोजेको कर्नाटका टस्कर्सबाट खेलेका सन्दीपले दुई ओभर बलिङ गर्ने क्रममा ३० रन खर्चिए।

पहिलो ओभरमा महंगो सावित भएका सन्दीपले आफ्नो दोस्रो तथा अन्तिम ओभरका अन्तिम दुई बलमा लगातार दुई विकेट लिएका थिए।

उनले पहिलो विकेटका रूपमा २८ बलमा ८० रन बनाएका टम बान्टोनलाई एलबीडब्लु धरापमा पारे भने दोस्रो विकेटका रूपमा पहिलो बलको सामना गरिरहेका टम कोहलरलाई बोल्ड गरे।

लक्ष्य पछ्याउने क्रममा नवौं नम्बरमा व्याटिङ गर्न आएका सन्दीपले ७ बलमा पाँच रन बनाए।

तर, १० ओभरमा १३१ रनको लक्ष्य पछ्याएको सन्दीपको टिम भने ३२ रनले पराजित भयो।

प्रतिक्रिया दिनुहोस्