व्यवस्थापक त्वाय्ना भन्छन्, “यति नै संख्यामा आँखाको नानी निर्यात गर्ने भन्ने छैन, मानवीय सहयोगस्वरुप दशैं र तिहारमा आँखाको नानी पठाउने गरिएको छ ।”
यहाँबाट इन्डोनेशिया, बंगलादेश, भुटान, मलेसिया, थाइल्याण्ड, इराक, टिमोर र कम्बोडिया जस्ता देशमा अहिले आँखाको नानी निर्यात हुँदै आएको छ ।
त्यसरी आँखा निर्यात हुनुका पछाडि पनि रोचक कारण छ । आँखा बैंकमा महिनामा १२० देखि १४० वटा आँखा डोनेशनको रुपमा आउने गर्छ । त्यसरी जम्मा गरिएका आँखाका नानी १४ दिनसम्म मात्र बैंकमा राख्नुपर्छ । दशैं, तिहारको बेलामा अस्पतालमा कमै मात्र मानिस आँखा प्रत्यारोपणका लागि आउँछन् । त्यसैले जम्मा भएका आँखाका नानी खेर नजाओस् भनेर विदेश पठाउने गरिन्छ ।
“१४ दिनसम्म पनि प्रत्यारोपण हुननसक्दा आँखाको नानी काम नलाग्ने हुन्छ, त्यसैले मानवीय सहयोगको रुपमा अर्को मुलुकमा पठाउने गरिएको हो”, त्वाय्ना भन्छन् । पछिल्लो पटक १४ वटा आँखाको नानी भुटान पठाएको र सफल प्रत्यारोपण भएको उनले जानकारी दिए ।
त्यसो त नेपालमै पनि आँखा प्रत्यारोपण गर्न भारत, भुटान, तिब्बतदेखि ल्याटिन अमेरिकाबाट समेत मानिसहरु आउने गर्छन् । एक हिसाबले भन्दा, संसारैभरी दृष्टि बाँडिरहेछ तिलगंगा आँखा प्रतिष्ठान ।
आँखा बैंकको तथ्यांक अनुसार सन् १९९४ मा तीनवटा आँखा आयात भएको देखिन्छ । १९९५ मा २४३ वटा, १९९६ मा १०६ र १९९७ मा ९५ वटा आँखा आयात भएको छ ।
गाउँदेखि शहरसम्म ‘आँखा दान जीवन दान’ अभियानको सकारात्मक परिणामले विदेशबाट आँखा आयात गर्नुपर्ने अवस्थाको अन्त्य भएको प्रवन्धक त्वाय्नाले बताए ।
“पशुपति आर्यघाटमा आँखा दानका लागि आग्रह–अनुरोध गर्न धेरै समय खर्चेको छु”, त्वाय्ना भन्छन् ।
आँखा बैंकमा उपलब्ध सन् २०१८ मा मात्रै एक हजार १७८ जनाले आँखा दान गरेका छन् । त्यसरी दान गर्ने सबै नेपाली छन् । गत वर्ष १ हजार २४ वटा आँखाको नानी प्रत्यारोपण समेत गरिएको छ । सन् २०१९ मा १२ सय आँखाको नानी प्रत्यारोपण गर्ने आँखा बैंकको लक्ष्य छ ।
दुईवटा आँखाको नानीबाट शुरू गरेको आँखा बैंक आज अन्तर्राष्ट्रिय गुणस्तरीय मान्यता प्राप्त गर्न सफल भएको छ । २०१६ मै यसले क्वालिटी सर्टिफाइड आँखा बैंकको मान्यता समेत पाएको छ । क्वालिटी सर्टिफाइड भएका एशियामा जम्मा १२ वटा आँखा बैंक मात्र छन् ।
थपिँदै प्रविधि
तिलगंगा आँखा प्रतिष्ठान सेवा प्रवाहमा मात्र सीमित छैन । यसले आफ्नो क्षमता पनि बढाइरहेछ । हालै यहाँ नयाँ प्रविधि भित्रिएको छ । उक्त प्रविधिबाट एउटा आँखाको नानीले दुईजना दृष्टिविहीनले दृष्टि पाउने भएका छन् ।
“यो प्रविधिले गर्दा दुईवटा आँखाबाट चारजनाले दृष्टि पाउनसक्ने भएका छन्”, त्वाय्ना बताउँछन् ।
यो प्रविधिलाई मोरिया मेसिन अर्थात प्रि–कट टिस्यू प्रविधि भनिन्छ । यसलाई ल्यामिलर टिस्यू प्रोसेसिङ्ग पनि भनिन्छ । नेपाललाई सन् २०१८ सेप्टेम्वर मा हिमालयन क्याट्राक्ट प्रोजेक्ट युएसएको सहयोगबाट प्राप्त भएको हो ।
यो प्रविधिको उपचारबाट लाभ लिन बिरामीहरु काठमाडौं नै आउन नपर्नेगरि प्रदेश अन्तर्गतका आँखा अस्पतालहरुमा आँखा रिकभरि सेन्टर स्थापना गर्ने आँखा बैंकको योजना छ । आँखा बैंकका लागि जाने प्राविधिकहरुका लागि पनि आँखाको नानी प्रत्यारोपण गर्न तालिम दिने व्यवस्था समेत गरेको प्रबन्धक त्वाय्नाले बताए । क्षेत्रीयस्तरमा अहिलेसम्म २२ जनालाई तालिम दिइसकिएको छ ।
यो प्रविधिबाट अहिलेसम्म ६० जनालाई आँखाको नानी प्रत्यारोपण गरिएको छ । आँखा बैंकका प्रशिक्षक एजनराज भण्डारीका अनुसार विश्वमा यसको अभ्यास २०१० देखि मात्र शुरु भएको हो।