राति ८ बजे अघि काठमाडौंमा टिपर प्रवेश गर्न रोक

काठमाडौं। काठमाडौं उपत्यकामा राति ८ बजे अगावै टिपर प्रवेश गर्न रोक लगाइएको छ। यातायात व्यवस्था विभाग काठमाडौंले एक सूचना जारी गरी धुलिखेल र नागढुंगाबाट बेलुका ८ बजेपछि मात्र टिपर प्रवेश गर्न पाउने जनाएको छ ।

काठमाडौं उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षालाई मध्यनजर गर्दै टिपरहरु उपत्यका प्रवेशको समय निर्धारण गरिएको विभागले जनाएको छ। विभागले पानी चुहाएर बालुवा ढुवानी गर्ने र सडकमा टिपर पार्किङ गर्ने कार्यमा पनि निषेध गरेको छ । विभागले टिपरधनी र सञ्चालकहरुलाई विभागको निर्देशनानुसार गर्न सचेत गराउँदै नियम विपरीत गरे कारबाही गर्ने चेतावनी पनि दिएको छ।

यसअघि पनि राति ८ बजेअघि टिपर प्रवेश गर्न निषेध भनिएको थियो। तर कार्यान्वयन भने हुन सकेको थिएन। नागढुंगा नाकाबाट करिब-करिब यसअघिदेखि नै राति ८ बजेअघि टिपर आउन रोकिइसकेको भएपनि पूर्वी नाका धुलिखेलबाट टिपर भित्रिइरहेका थिए। त्यसैले टिपर व्यवसायी र सञ्चालकहरुलाई पुन: सूचीत गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्