कैलाली । मानब बेचबिखन ओसारपसार तथा देहव्यापारमा संलग्न एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका वडा नं २ अत्तरियास्थित राजु होटलकी संचालक गौरादेवी रानालाई कैलाली प्रहरीले प्रकाउ गरेको हो ।
बालिकालाई काम लगाइदिने भन्दै देहव्यापारमा लगाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दैनिक ९/१० जना ग्राहकसँग जबरजस्ती अनैतिक सम्बन्ध राख्न बाध्य बनाउने गरेको समेत खुलासा भएको प्रहरीको भनाइ छ ।
रानालाई ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
उपरीक्षक बस्नेतका अनुसार बालिकालाई उद्दार गरिएको र रानालाई मानव बेचबिखन तथा ओसारपसार शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।