झापा । १० दिनसम्म बन्द रहेको भद्रपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ ।
चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य सकिएपछि विमानस्थल आजदेखि सञ्चालनमा आएको जनाएको हो ।
२६ कात्तिकदेखि ५ मंसीरसम्म मर्मत तथा स्तरोन्नतिका लागि विमानस्थल बन्द गरिएको थियो ।
विमानस्थलको एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग १२ वर्षपछि मर्मत गरिएको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले जानकारी दिए ।
चुडालका अनुसार विमानस्थल स्तरोन्नतिका लागि १० करोड २३ लाख रूपैयाँ खर्च भएको छ । रासस