उच्च अदालतले महरालाई थुनामा राख्‍ने आदेशकाे कैफियत प्रतिवेदन मगायो
काठमाडौं। बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराले दिएको निवेदनमा सुनुवाइ गर्दै आज उच्च अदालत पाटनले जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध महराले दिएको निवेदनमा सुनुवाइ गर्दै कैफियत प्रतिवेदन माग गरेको हो।

जिल्ला अदालतले कैफियत प्रतिवेदन पठाएपछि अर्को सुनुवाइ हुने उच्च अदालतका रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए।

सुनुवाइपछि उच्च अदालतले महरालाई पुर्पक्षका लागि थुनामै राख्ने, धरौटी लिएर तारेखमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश दिनेछ।

महराले जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै ५ मंसीरमा उच्च अदालतमा निवेदन दिएका थिए।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले १८ कात्तिकमा उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

उनी डिल्लीबजार कारागारमा छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्