काठमाडौं। भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख रामबाबु मण्डल पाँच लाख रूपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले आज बिहान ११ उनलाई रंगेहात पक्राउ गरेको आयोगको केन्द्रीय कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले देपखापढीलाई जानकारी दिए।
सेवाग्राहीबाट घुस लिदै गरेको अवस्थामा उनलाई कार्यालयबाटै पक्राउ गरेको आयोगले जनाएको छ। मण्डलमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
मण्डलले एकजना सेवाग्राहीका नाममा आएको जग्गाबारेको निर्णयसहितका कागजात अदालतमा पेस गर्न घुस मागेका थिए।
उच्च अदालत जनकपुरको राजविराज इजलासमा चलिरहेको जग्गा मुद्दामा पेस गर्नुपर्ने फाइल ताकेता गर्दा पनि मण्डलले नपठाएपछि सेवाग्राहीले अख्तियारमा उजुरी दिएका थिए।
अख्तियारको कार्यालय बर्दिवासको टोलीले सेवाग्राहीलाई पाँच लाख रकम दिएर पठाएको थियो। रकमसहित पछ्याउँदै सिराहा गएको अख्तिायरको टोलीले मण्डललाई कार्यकक्षबाटै रकमसहित पक्राउ गरेको हो।