काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनबाट समाजवादी पार्टी असन्तुष्ट बनेको चर्चा भइरहेको छ। समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव देशबाहिर रहेकाले मन्त्रिपरिषद् पुनर्गठनबारे उसको औपचारिक धारणा भने तत्काल बाहिर आएन।

मन्त्रिपरिषद् पुनर्गठनका क्रममा प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री यादवले सम्हालेको स्वास्थ्य मन्त्रालयको जिम्मा भानुभक्त ढकाललाई दिएर ढकालले सम्हालेको कानून मन्त्रालय यादवले हेर्नेगरी जिम्मेवारी हेरफेर गरेका थिए। त्यसक्रममा समाजवादी पार्टीका तर्फबाट स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई राज्यमन्त्रीबाट हटाइएको थियो। यही कारण पनि एकथरीले समाजवादीले सरकार छाड्ने अड्कलबाजी गरे भने अर्काथरीले ‘तत्काल केही नहुने’ आकलन पनि गरे।

यस्तो अड्कलबाजीकै बीच समाजवादी पार्टीले सरकार छाड्ने कुनै सम्भावना नरहेको एक नेताले बताएका छन्। समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. शिवजी यादवले सरकारबाट बाहिरिने कुनै योजना नरहेको देखापढीलाई बताए। उनले भने, “अध्यक्ष उपेन्द्र यादवजी आफै कानून बुझेको व्यक्ति हुनुहुन्छ, कानून मन्त्रालयको जिम्मा पाउनु उहाँका लागि सम्मानजनक कुरा हो।”

मन्त्रिपरिषद् पुनर्गठन भएपछि समाजवादी पार्टी सरकारबाट बाहिरिने चर्चा निराधार रहेको पनि उनले दाबी गरे।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारमा सहभागी भएदेखि नै उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले प्रतिपक्षजस्तो व्यवहार देखाउँदै आएको छ। उपप्रधानमन्त्री रहेका यादवले नै सरकारको विरोध गरेको भन्दै नेकपाकै कतिपय नेताले समेत असन्तुष्टि पोख्दै आएका थिए।

आफ्नो पार्टी संविधानको रक्षा गर्ने भूमिकामा अघि बढ्ने उल्लेख गर्दै केन्द्रीय सदस्य डा. यादवले भने, “संविधानको विरोध मात्र नगरी असन्तुष्टिका विषयलाई समाधान गर्ने पहल पनि पार्टीले गर्नेछ।” संविधान दिवसको विरोध नगरेर मौन बस्ने आफ्नो पार्टीको निर्णय संविधानप्रतिको मौन समर्थन रहेको समेत उनले प्रष्ट्याए।

‘स्वास्थ्य राज्यमन्त्री हटाउन खोजिएकै हो’

दुई मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी समाजवादी पार्टी आफ्नै पार्टीका राज्यमन्त्री डा.सुरेन्द्र यादवप्रति असन्तुष्ट थियो। समाजवादी पार्टीका अर्का एक नेताले मन्त्रिपरिषद् पुनर्गठनमा राज्यमन्त्री डा. यादव नपर्नेबारे अध्यक्ष उपेन्द्र यादव जानकार रहेको देखापढीलाई बताए ।

उनले समाजवादी पार्टी सरकारबाट कुनै हालतमा नबाहिरिने अर्को रोचक कारण सुनाए। “समाजवादी पार्टी अहिले सरकारबाट बाहिरिए प्रदेश २ मा नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा)को गठबन्धन सरकार बन्छ, अनि केन्द्रमा पनि राजपा सरकारमा सहभागी हुन्छ”, ती नेताले भने, “समाजवादी पार्टी बाहिरिन साथ सरकारमा जान राजपा खुट्टा उचालेर बसेको छ, हामी त्यसो होस् भन्ने चाहँदैनौं।”

उनले मधेशमा आफ्नो प्रभाव र लोकप्रियता बढाउन प्रधानमन्त्री ओलीले राजपालाई सत्ता साझेदार बनाउन खोजेको र त्यसो हुँदा आफ्नो पार्टीको स्थान कमजोर बन्ने भएकाले सरकारमा रहिरहने निर्क्योलमा आफ्नो पार्टी पुगेको समेत बताए।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनबाट समाजवादी पार्टी असन्तुष्ट बनेको चर्चा भइरहेको छ। समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव देशबाहिर रहेकाले मन्त्रिपरिषद् पुनर्गठनबारे उसको औपचारिक धारणा भने तत्काल बाहिर आएन।

मन्त्रिपरिषद् पुनर्गठनका क्रममा प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री यादवले सम्हालेको स्वास्थ्य मन्त्रालयको जिम्मा भानुभक्त ढकाललाई दिएर ढकालले सम्हालेको कानून मन्त्रालय यादवले हेर्नेगरी जिम्मेवारी हेरफेर गरेका थिए। त्यसक्रममा समाजवादी पार्टीका तर्फबाट स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई राज्यमन्त्रीबाट हटाइएको थियो। यही कारण पनि एकथरीले समाजवादीले सरकार छाड्ने अड्कलबाजी गरे भने अर्काथरीले ‘तत्काल केही नहुने’ आकलन पनि गरे।

यस्तो अड्कलबाजीकै बीच समाजवादी पार्टीले सरकार छाड्ने कुनै सम्भावना नरहेको एक नेताले बताएका छन्। समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. शिवजी यादवले सरकारबाट बाहिरिने कुनै योजना नरहेको देखापढीलाई बताए। उनले भने, “अध्यक्ष उपेन्द्र यादवजी आफै कानून बुझेको व्यक्ति हुनुहुन्छ, कानून मन्त्रालयको जिम्मा पाउनु उहाँका लागि सम्मानजनक कुरा हो।”

मन्त्रिपरिषद् पुनर्गठन भएपछि समाजवादी पार्टी सरकारबाट बाहिरिने चर्चा निराधार रहेको पनि उनले दाबी गरे।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारमा सहभागी भएदेखि नै उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले प्रतिपक्षजस्तो व्यवहार देखाउँदै आएको छ। उपप्रधानमन्त्री रहेका यादवले नै सरकारको विरोध गरेको भन्दै नेकपाकै कतिपय नेताले समेत असन्तुष्टि पोख्दै आएका थिए।

आफ्नो पार्टी संविधानको रक्षा गर्ने भूमिकामा अघि बढ्ने उल्लेख गर्दै केन्द्रीय सदस्य डा. यादवले भने, “संविधानको विरोध मात्र नगरी असन्तुष्टिका विषयलाई समाधान गर्ने पहल पनि पार्टीले गर्नेछ।” संविधान दिवसको विरोध नगरेर मौन बस्ने आफ्नो पार्टीको निर्णय संविधानप्रतिको मौन समर्थन रहेको समेत उनले प्रष्ट्याए।

‘स्वास्थ्य राज्यमन्त्री हटाउन खोजिएकै हो’

दुई मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी समाजवादी पार्टी आफ्नै पार्टीका राज्यमन्त्री डा.सुरेन्द्र यादवप्रति असन्तुष्ट थियो। समाजवादी पार्टीका अर्का एक नेताले मन्त्रिपरिषद् पुनर्गठनमा राज्यमन्त्री डा. यादव नपर्नेबारे अध्यक्ष उपेन्द्र यादव जानकार रहेको देखापढीलाई बताए ।

उनले समाजवादी पार्टी सरकारबाट कुनै हालतमा नबाहिरिने अर्को रोचक कारण सुनाए। “समाजवादी पार्टी अहिले सरकारबाट बाहिरिए प्रदेश २ मा नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा)को गठबन्धन सरकार बन्छ, अनि केन्द्रमा पनि राजपा सरकारमा सहभागी हुन्छ”, ती नेताले भने, “समाजवादी पार्टी बाहिरिन साथ सरकारमा जान राजपा खुट्टा उचालेर बसेको छ, हामी त्यसो होस् भन्ने चाहँदैनौं।”

उनले मधेशमा आफ्नो प्रभाव र लोकप्रियता बढाउन प्रधानमन्त्री ओलीले राजपालाई सत्ता साझेदार बनाउन खोजेको र त्यसो हुँदा आफ्नो पार्टीको स्थान कमजोर बन्ने भएकाले सरकारमा रहिरहने निर्क्योलमा आफ्नो पार्टी पुगेको समेत बताए।

"> समाजवादी पार्टीले सरकार नछाड्ने (भिडिओसहित): Dekhapadhi
समाजवादी पार्टीले सरकार नछाड्ने (भिडिओसहित)
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनबाट समाजवादी पार्टी असन्तुष्ट बनेको चर्चा भइरहेको छ। समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव देशबाहिर रहेकाले मन्त्रिपरिषद् पुनर्गठनबारे उसको औपचारिक धारणा भने तत्काल बाहिर आएन।

मन्त्रिपरिषद् पुनर्गठनका क्रममा प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री यादवले सम्हालेको स्वास्थ्य मन्त्रालयको जिम्मा भानुभक्त ढकाललाई दिएर ढकालले सम्हालेको कानून मन्त्रालय यादवले हेर्नेगरी जिम्मेवारी हेरफेर गरेका थिए। त्यसक्रममा समाजवादी पार्टीका तर्फबाट स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई राज्यमन्त्रीबाट हटाइएको थियो। यही कारण पनि एकथरीले समाजवादीले सरकार छाड्ने अड्कलबाजी गरे भने अर्काथरीले ‘तत्काल केही नहुने’ आकलन पनि गरे।

यस्तो अड्कलबाजीकै बीच समाजवादी पार्टीले सरकार छाड्ने कुनै सम्भावना नरहेको एक नेताले बताएका छन्। समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. शिवजी यादवले सरकारबाट बाहिरिने कुनै योजना नरहेको देखापढीलाई बताए। उनले भने, “अध्यक्ष उपेन्द्र यादवजी आफै कानून बुझेको व्यक्ति हुनुहुन्छ, कानून मन्त्रालयको जिम्मा पाउनु उहाँका लागि सम्मानजनक कुरा हो।”

मन्त्रिपरिषद् पुनर्गठन भएपछि समाजवादी पार्टी सरकारबाट बाहिरिने चर्चा निराधार रहेको पनि उनले दाबी गरे।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारमा सहभागी भएदेखि नै उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले प्रतिपक्षजस्तो व्यवहार देखाउँदै आएको छ। उपप्रधानमन्त्री रहेका यादवले नै सरकारको विरोध गरेको भन्दै नेकपाकै कतिपय नेताले समेत असन्तुष्टि पोख्दै आएका थिए।

आफ्नो पार्टी संविधानको रक्षा गर्ने भूमिकामा अघि बढ्ने उल्लेख गर्दै केन्द्रीय सदस्य डा. यादवले भने, “संविधानको विरोध मात्र नगरी असन्तुष्टिका विषयलाई समाधान गर्ने पहल पनि पार्टीले गर्नेछ।” संविधान दिवसको विरोध नगरेर मौन बस्ने आफ्नो पार्टीको निर्णय संविधानप्रतिको मौन समर्थन रहेको समेत उनले प्रष्ट्याए।

‘स्वास्थ्य राज्यमन्त्री हटाउन खोजिएकै हो’

दुई मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी समाजवादी पार्टी आफ्नै पार्टीका राज्यमन्त्री डा.सुरेन्द्र यादवप्रति असन्तुष्ट थियो। समाजवादी पार्टीका अर्का एक नेताले मन्त्रिपरिषद् पुनर्गठनमा राज्यमन्त्री डा. यादव नपर्नेबारे अध्यक्ष उपेन्द्र यादव जानकार रहेको देखापढीलाई बताए ।

उनले समाजवादी पार्टी सरकारबाट कुनै हालतमा नबाहिरिने अर्को रोचक कारण सुनाए। “समाजवादी पार्टी अहिले सरकारबाट बाहिरिए प्रदेश २ मा नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा)को गठबन्धन सरकार बन्छ, अनि केन्द्रमा पनि राजपा सरकारमा सहभागी हुन्छ”, ती नेताले भने, “समाजवादी पार्टी बाहिरिन साथ सरकारमा जान राजपा खुट्टा उचालेर बसेको छ, हामी त्यसो होस् भन्ने चाहँदैनौं।”

उनले मधेशमा आफ्नो प्रभाव र लोकप्रियता बढाउन प्रधानमन्त्री ओलीले राजपालाई सत्ता साझेदार बनाउन खोजेको र त्यसो हुँदा आफ्नो पार्टीको स्थान कमजोर बन्ने भएकाले सरकारमा रहिरहने निर्क्योलमा आफ्नो पार्टी पुगेको समेत बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्