कानूनका विद्यार्थी अब ट्राफिक स्वयंसेवक
काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले कानून संकायका विद्यार्थीलाई ट्राफिक स्वयंसेवकका रूपमा परिचालन गर्ने भएको छ।

ट्राफिक व्यवस्थापनमा सुधार गर्ने र नागरिकसम्म ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने भावना विकास गर्ने उद्देश्यले विद्यार्थीलाई परिचालन गर्न लागिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ८ मंसीरदेखि एक सातासम्म चल्ने दोस्रो चरणको अभियानमा काठमाडौं स्कुल अफ ल, चक्रवर्ती अवि एजुकेशन एकेडेमी र नेशनल ल कलेजका विद्यार्थी ट्राफिक स्वयंसेवकको रूपमा परिचालन हुने बताए।

अभियानमा ३५५ युवा ट्राफिक स्वयंसेवक परिचालित हुनेछन्।

ट्राफिक प्रहरीले परिचालन हुने विद्यार्थीहरूलाई आज एकदिने प्रशिक्षणसमेत दिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्