काठमाडौं। मलेसियाली प्रहरीले सार्वजनिक स्थानमा कोरोना संक्रमित पत्ता लगाउन स्मार्ट हेल्मेट पहिरिन थालेका छन्। यस्तो हेल्मेटको मद्दतले रेल, बस तथा भीडभाडयुक्त क्षेत्रमा मानिसको शरीरको तापमान पत्ता लगाउन सकिने प्रहरीले बताएको छ।
मलेसियामा पछिल्लो समय संक्रमित तीव्र गतिमा बढिरहेका छन्। कम मानिसको कोरोना परीक्षण तथा कमजोर स्वास्थ्य सुविधाका कारण कोरोना नियन्त्रण जटिल बन्दै गएको छ। एकातिर संक्रमण नियन्त्रण बाहिर गएको छ भने, अर्कोतिर राजनीतिक खिचातानी चुलिएको छ।
प्रहरीले लगाउने स्मार्ट हेल्मेटले एक मिनेटमा करिब दुई सय जनाको तापमान स्क्यान गर्न सकिने रिपार्टमा बताइएको छ। जसको तापमान बढेको देखिन्छ, उसको कोरोना परीक्षण गर्न सकिन्छ। शरीरमा तापमान बढ्नु पनि कोरोनाका लक्षणमध्ये एक हो।
स्मार्ट हेल्मेटले कसरी काम गर्छ ?
यो हेल्मेटमा एक थर्मल क्यामरा लगाइएको हुन्छ। त्यो क्यामरा हेल्मेटमा रहेको एक स्मार्टवाचसँग जोडिएको हुन्छ। जब यो क्यामरासामु कोही आइपुग्छ तब यो थर्मल क्यामेराको मद्दतले त्यस व्यक्तिको शरीरको तापमान स्मार्टवाचले हेल्मेटको स्क्रिनमा डिस्प्ले गरिदिन्छ। यो क्यामराले एकै पटकमा थुप्रै व्यक्तिको तापमान जाँच गर्न सक्छ।
सबैभन्दा कम परीक्षण भएको देश
मलेसिया एउटा यस्तो देश हो, जहाँ एसियाली मुलुकमै सबैभन्दा कम कोरोना परीक्षण भएको छ। अहिलेसम्म त्यस देशमा केवल १६८८० संक्रमित देखिएका छन्। १६३ जनाको मृत्यु भएको छ।
उता, त्यहाँको चिहानमा दैनिक सयौं शव गाडिएको बताइएको छ। यसकारण पनि मलेसिया सरकारले कोरोनाबाट मृत्यु भएकाको संख्या लुकाएको आशंका व्याप्त छ।
राजनीतिक खिचातानी तीव्र
अहिले मलेसियामा सरकार र विपक्षी दलबीच राजनीतिक खिचातानी तीव्र हुन पुगेको छ। मौजुदा सरकार हटाएर नयाँ सरकार बनाउनु पर्ने माग विपक्षीले गरेको छ। विपक्षी नेता अनवर इब्राहिमले यसका लागि आफूसँग पर्याप्त सांसदको समर्थन रहेको देशका सुल्तानसमक्ष बताएका छन्।
अनवरले आफूसँग १२० भन्दा बढी सांसदको समर्थन रहेको दाबी गरेका छन्। प्रधानमन्त्री मुहिद्दिन यासिनलाई हटाएर नयाँ सरकार बनाउनु पर्ने माग त्यहाँ उठिरहेको छ।
(एजेन्सी)