संवैधानिक परिषद्लाई सरकारले कठपुतली बनाउन खोज्योः देउवा <p>पोखरा। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले न्यायालय, सञ्चारलगायत क्षेत्रका अधिकार एकपछि अर्को गर्दै खोस्दै गएको आरोप लगाएका छन्।</p> <p>नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसनको वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै देउवाले संवैधानिक परिषद्लाई पनि सरकारले कठपुतली बनाउन खोजेको आरोप लगाए।</p> <p>सोही अवसरमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक आयोगमा नियन्त्रण गर्ने सोचका साथ संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउन लागिएको आरोप लगाएका छन्। यसलाई राष्ट्रपतिले जारी गर्न नहुने उनले धारणा व्यक्त गरे। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्