काठमाडौं। प्रहरीले ठूलो परिमाणको नियन्त्रित मनोद्विपक पदार्थ र लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ५ मंसीरमा काठमाडौं छुट्टाछुट्ट स्थानबा उनीहरूलाई पक्राउ गरेको हो।
मकवानपुरको थाहा गाउँपालिका–२ का ५५ वर्षीय रमेश शिवभक्ति रत्नपार्कस्थित सडक किनारबाट नियन्त्रित मनोद्विपक पदार्थडाईजेपाम १९४ एम्पुल, ब्रुफेनोर्फिन १९० एम्पुल र फेनारगन १८९ एम्पुल सहित पक्राउ परेका हुन्।
यसैगरी, काठमाडौं महानगरपालिका–३२ बालकुमारीपुल नजिकैबाट काभ्रेको चन्द्रोदय गाउँपालिका–५ का २४ वर्षीय धनबहादुर वाइवा र मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीका ३६ वर्षीया सुनिता गोले पक्राउ परेका प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट नयन्त्रित मनोद्विपक पदार्थ डाईजेपाम १४८७ एम्पुल, ब्रुफेनोर्फिन १५६४ एम्पुल, फेनारगन १५७० एम्पुल र लागूऔषध नाईट्रोजेपाम (नाईट्रोभेट) ५५५० ट्याब्लेट बरामद गरिएको छ।
पक्राउ रमेश शिवभक्ती र वाईवा यसअघि पनि लागूऔषध कारोवारमा संलग्न रहेको प्रहरीले जनाएको छ। उनीहरू नेपाल–भारतको सीमा नाकाबाट नियन्त्रित मनोद्विपक पदार्थ काठमाण्डौ भित्र्याउने मुख्य व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ।
पक्राउ परेकाहरूविरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।