काठमाडौं। नायिका आँचल शर्मा र डा. उदीप श्रेष्ठले एकअर्काको प्रेम सामाजिक सञ्जालार्फत् व्यक्त गर्दै आएका छन्। एक वर्षदेखि प्रेममा रहेका दुवैजनाले गहिरो प्रेममा रहेको सन्देश सामाजिक सञ्जालमार्फत् दिन खोजेको देखिन्छ।
करिअरको शुरूआतदेखि नै आँचल र नायक तथा मोडल पल शाहको प्रेम सम्बन्धको बारेमा धेरै चर्चा–परिचर्चा चल्ने गरेको थियो। तर, आँचलले पल आफ्नो मिल्ने साथी मात्र भएको प्रतिक्रिया दिंदै आएकी थिइन्।
पलसँगको प्रेम सम्बन्ध नभएको बताउँदै आएकी आँचलले उदीपसँगको सम्बन्धबारे भने एक वर्षअघि सार्वजनिक गरेकी थिइन्। एक वर्षदेखिको चिनजान र प्रेमलाई यी दुवैले अब विवाहमा परिणत गर्न लागेका छन्। आँचल र उदीप आगामी फागुनमा बिहे गर्दैछन्।
फागुनमा विवाह गर्ने तयारीमा भएपनि कुन दिन विवाह गर्ने भन्ने टुङ्गो लागेको छैन। आँचलले उदीपको आगमनले आफ्नो जीवनमा सर्वाधिक खुशी दिइरहेको प्रतिक्रिया दिएकी छन्। सामाजिक सञ्जालमार्फत् आफ्नो प्रेम व्यक्त गर्दै आएका दुवै जनाले एकअर्कालागि निकै सहयोग गर्दै आएका छन्। उनीहरूले प्रेममा डुबेको भान गराउनेदेखि एकअर्काको तारिफ गर्नेसम्मका काम गरिरहेका छन्।
आँचलले उदीपसँगको प्रेम सम्बन्धलाई अनपेक्षित भनेकी छन्। धेरै समयपछि प्रेमीको तस्वीर सार्वजनिक गर्दै इन्स्टाग्राममा आँचलले लेखेकी छन्, ‘द बेष्ट लभ इज अनएक्सपेक्टेट।’