काठमाडौं। भारतले जारी गरेको नयाँ राजनीतिक नक्शामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेत भारतीय भू-भाग देखाइएपछि नेपालमा शुरू भएको विरोध मत्थर भए पनि रोकिएको छैन।
सर्वपक्षीय छलफलबाट यसबारे साझा धारणा बनाएको सरकारले भारतलाई गल्ती सच्याउन आग्रह गर्दै कुटनीतिक पहल शुरू गरिसकेको जनाएको छ।
प्रतिनिधिसभाको राज्यव्यवस्था समितिले लिम्पियाधुरा, लिपलेक र कालापानीको भूभाग समेटिएको नेपालको नयाँ नक्शा तत्काल सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको थियो। नागरिक अगुवाहरूले पनि सरकारले सरकारले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा तत्काल नयाँ नक्शासहितको श्वेतपत्र जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
आज काठमाडौंमा आयोजित कार्यक्रममा नागरिक अगुवाहरूले लिम्पियाधुरादेखि कालापानी र लिपुलेकसम्मको नेपाली भूमि अतिक्रमण गरेर भारतले नक्शा जारी गर्नु बलमिच्याइँ भएको उल्लेख गर्दै यसबारे तत्काल पहल अघि बढाउन माग गरेका हुन्।
भारतको नयाँ नक्शाप्रति सरकारले औपचारिक रुपमा विरोध जनाउनुपर्ने, नेपाली भूमिमा आएर बसेका भारतीय सैनिक हटाउनुपर्ने र भारत सरकारलाई पत्र लेखेरै यसको पहल गर्नुपर्ने उनीहरुको माग छ।
“भारतसँग वार्ता गर्न प्रधानमन्त्री तहबाट अविलम्ब कदम चालिनुपर्छ र नेपाल–भारत–चीनबीचको त्रिपक्षीय संवादमार्फत् त्रि–विन्दु निर्धारण गरिनुपर्छ”, उनीहरुले भनेका छन्।
त्यसरी माग गर्नेहरूमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी, पत्रकार भैरव रिसाल, प्राध्यापक केदारभक्त माथेमा र चैतन्य मिश्र, पूर्वसचिव द्वारिकानाथ ढुंगेल, साहित्यकार वैरागी काइँलालगायत छन्।
सीमा रक्षार्थ नागरिक आह्वान भनेर आज काठमाडौंमा कार्यक्रम गरेपछि त्यसका एक सदस्य, पत्रकार भैरव रिसालले कालापानी क्षेत्रमा देखिएको समस्या समाधानका लागि नेपाल र भारतका प्रधानमन्त्रीस्तरमा वार्ता गर्नुपर्ने माग गरे। उनले देखापढीसँग भने, “सरकारले यसमा ढिलो गर्नुहुँदैन।”
" /> काठमाडौं। भारतले जारी गरेको नयाँ राजनीतिक नक्शामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेत भारतीय भू-भाग देखाइएपछि नेपालमा शुरू भएको विरोध मत्थर भए पनि रोकिएको छैन।सर्वपक्षीय छलफलबाट यसबारे साझा धारणा बनाएको सरकारले भारतलाई गल्ती सच्याउन आग्रह गर्दै कुटनीतिक पहल शुरू गरिसकेको जनाएको छ।

">