ओझेलमा छ नेपाल चिनाउने लिपि
रञ्जना लिपिले नेपाललाई चिनायो। तर, कतिपयलाई ‘नेपालमा रञ्जना लिपि छ भनेरै थाहा नभएको’ पूर्व मिस नेवाः सुनिता डंगोल गुनासो गर्छिन्।
भन्छिन्, “यस लिपिबारे जानकारी दिन हरेक शनिबार विभिन्न ठाउँमा त्यहाँका जनसमुदायलाई रञ्जना लिपिमा लेख्न सिकाइरहेका छौँ।”
नेवारहरूले बोल्ने नेपाल भाषाको लिपिलाई रञ्जना लिपि भनिन्छ।
रञ्जना लिपिबारे प्रचार गर्न प्रविधिमैत्री वातावरण बनाउनुपर्ने डंगोल बताउँछिन्। “रञ्जना लिपिलाई टेक्नोलोजी फ्रेन्डली बनाए युवाहरूलाई सिक्न सजिलो हुन्छ,” डंगोल भन्छिन्, “हामीले युट्युबमा ट्युटोरियल सञ्चालनमा ल्याएका छौँ।”
यो लिपिलाई लिएर डंगोल र सफ्टवेयर इन्जिनियर आनन्द महर्जन केही महीना अघि जापान पुगेका थिए।
त्यहाँ युनिकोड र फन्ट निर्माण गर्नेहरूसँग भेटेर रञ्जना लिपि युनिकोड र फन्ट निर्माणका लागि पहल गरिरहेको डंगोलले बताइन्।
“फन्ट बनाउन यसको प्रयोग कति भइरहेको छ र यसबाट कतिजना लाभान्वित हुन्छन् भन्ने उनीहरूले हेर्छन्,” सुनिता डंगोल भन्छिन्, “त्यसका लागि पनि हामीले धेरै भन्दा धेरैले रञ्जना लिपि जान्नुपर्छ र प्रयोगमा ल्याउन जरुरी छ।”
अहिले लिपि गुठीले रञ्जना मात्रै नभई क्यालिग्राफी पनि सिकाइरहेको छ।
असन, थिमि, पाटन, लमजुङलगायत विभिन्न ठाउँमा कार्यशाला गरिसकेको छ। अन्य क्षेत्रमा पनि कार्यशाला गर्ने क्रम जारी छ।
यसमा पूर्व मिस नेवाः सुनिता डंगोल र सफ्टवेयर इन्जिनियर आनन्द महर्जनले विभिन्न ठाउँमा सिकाइरहेका छन्।
यो मात्रै नभई सामाजिक सञ्जालमा समेत रञ्जनाको प्रचारप्रसार गरिरहेको आनन्द बताउँछन्।
“भिडिओ, फोटो, कला जानेका युवालाई एकै ठाउँमा समेटेर रञ्जना लिपिको प्रचार गरिरहेका छौँ,” उनले भने।
यो रञ्जना लिपिको अक्षर चिनेर मात्रै नहुने भएकाले यसलाई प्रयोगमा ल्याउन पहल भइरहेको नेपाल लिपि गुठीका निरन्जन तब बताउँछन्।
“रञ्जनालाई ह्यान्डीक्राफ्ट विजनेशमा प्रयोग गर्न सकिन्छ,” उनी भन्छन्, “रञ्जना लिपि लेख्न धैर्यता चाहिन्छ, लिपि लेख्दै गर्दा मेडिटेसन पनि हुन्छ। रञ्जनाको विकास गर्न यी गुणहरूबारे पनि हामीले प्रचार गर्नुपर्छ।”
आज नेपाल प्रज्ञा प्रतिष्ठानको खुल्ला डबलीमा आयोजित नेपाल भाषा साहित्य महोत्सवको पहिलो दिन रञ्जना लिपिको पुनरूत्थानबारे अन्तक्रिया भयो।
नेपाल भाषा टाइम्सले आयोजना गर्दै आएको महोत्सव पछिल्लो तीन वर्षयता नियमित हुँदै आएको छ।
आजबाट शुरू भएको दुईदिने महोत्सवको पहिलो दिन विभिन्न विधाका ७ पुस्तक लोकार्पण गरिए।
महोत्सवमा साहित्यिक रचना पाठ,  सांगीतिक र हास्यव्यंग्यपूर्ण प्रहसनसमेत प्रस्तुत गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्