अदालतका श्रेस्तेदारविरुद्ध श्रीमतीले दिइन् वैवाहिक बलात्कारको जाहेरी
कैलाली। कैलाली जिल्ला अदालतका श्रेस्तेदार भूवन गिरीविरुद्ध श्रीमतीले वैवाहिक बलात्कार र भ्रूण हत्याको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्।

जाहेरीकर्ता गिरीकी दोस्रो श्रीमती हुन्।

पहिलो पत्नी अंश लिएर अलग्गै बस्न थालेपछि डेढ वर्षअघि गिरीले नेपालगन्ज निवासी महिलासँग दोस्रो बिहे गरेका थिए।

उनले जाहेरीमा गिरीले आफूलाई आमा बन्ने अधिकारबाट वञ्चित गरेको आरोप लगाएकी छन्।

कुटपिटबाट दुईपटक बच्चा खेर गएको भन्दै उनले ५ मंसीरमा पतिविरुद्ध भ्रूण हत्या र वैवाहिक बलात्कारको आरोपमा जाहेरी दर्ता गराएकी हुन्।

जिल्ला प्रहरी कार्यकाल कैलालीले गिरीलाई पक्राउ गर्न जिल्ला अदालतबाट पक्राउ अनुमति लिइसकेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले गिरी सम्पर्कमा नरहेको र उनको खोजी गरिरहेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्