म्याद नाघेका ६९६ बोतल सस् नष्ट
<p style="text-align: justify;">काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले बर्दियामा ६९६ बोतल म्याद गुज्रिएका सस् नष्ट गरेको छ।</p>
<p style="text-align: justify;">हिजो बजार अनुगमनका क्रममा गुलरिया नगरपालिकाबाट म्याद नाघेका सस् भेटिएपछि जफत गरेर नष्ट गरेको विभागले जानकारी दिएको छ।</p>
<p style="text-align: justify;">सोही नगरपालिकामा खाद्य अनुज्ञापत्रबिना उत्पादन गर्ने बागेश्वरी चाउमिन उद्योगलाई पाँच हजार जरिवाना समेत गरिएको छ। </p>
<p style="text-align: justify;">विभागले पछिल्लो समय चाडपर्वलक्षित बजार अनुगमनलाई तीव्र दिएको छ। </p>