‘आर्थिक गतिविधि बढाउने नाममा निजी क्षेत्रलाई मात्रै दबाब दिइयो’

काठमाडौं। उद्योगीहरूले आर्थिक गतिविधि बढाउने नाममा सरकारले निजी क्षेत्रलाई मात्रै दबाब दिएको गुनासो गरेका छन्।

बजेटमार्फत् करका दरहरू बढाएकोप्रति संकेत गर्दै उनीहरूले सरकारले राजश्व उठाउने लक्ष्य पुरा गर्नका लागि उद्योगीलाई दबाब दिएको गुनासो गरेका हुन्।

आज नेपाल उद्योग वाणिज्य महासंघमा कर दिवस एवं कर सप्ताहका अवसरमा गरिएको एक कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बजेटमार्फत् कर्मचारीलाई अनिवार्य पानमा जानुपर्ने तथा भिसिटिएस प्रणाली लागू गर्ने नीति लिंदा व्यवसायीहरू तरंगित भएको बताए।

तर, पछिल्लो समय उक्त समस्या समाधान भएपनि ‘इजअफ डुइङ बिजनेस’मा कर सम्बन्धी व्यवस्थामा सुधार गर्न नसकेको तथा ‘कस्ट अफ डुइङ बिजनेस’तर्फ ध्यान नदिएको वरिष्ठ उपाध्यक्ष गोल्छाको गुनासो थियो।

कार्यक्रममा राजश्व सचिव शिशिरकुमार ढुंगानाले राजश्वको लक्ष्य पुरा नहुँदा सरकारलाई समस्या पर्ने र यसले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा समेत प्रभाव पार्ने बताए। सचिव ढुंगानाले आगामी १ जनवरीदेखि डिजिटल प्रणालीमार्फत् कर भुक्तानी गर्ने व्यवस्था गर्न लागिएको समेत जानकारी दिए।

कार्यक्रममा उद्योगीहरूले सरकारले पछिल्लो समय अवलम्बन गरेको विभिन्न नीतिगत व्यवस्थाका कारण लगानीको वातावरण विग्रने खतरा रहेको भन्दै सचेत गराएका थिए।

प्रतिक्रिया दिनुहोस्