काठमाडौं। १४ मंसीरमा हुने उपनिर्वाचनको मिति नजिकिंदै गर्दा निर्वाचन आयोगले तयारी तीब्र पारेको छ।
मतदान हुने जिल्लामा मतपत्र एवं मतदाता परिचयपत्र पुर्याइसकिएको छ भने मतदाता शिक्षा पनि सञ्चालन भइरहेको छ।
देशका ३७ जिल्लामा हुने उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जना मतदाता छन्।
प्रतिनिधिसभाको एक, प्रदेशसभाको तीन, उपमहानगर प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ गरी ५२ पदका लागि निर्वाचन हुँदैछ।
प्रतिनिधिसभाको एक पदका लागि २१, प्रदेशसभाको तीन पदका लागि ४२ र स्थानीय तहको ४८ पदका लागि २७३ जना उम्मेद्वार चुनावी मैदानमा छन्। आयोगले उम्मेद्वाहरूलाई चुनाव चिन्ह प्रदान गरिसकेको छ।
आयोगले अहिले उपनिर्वाचन हुने क्षेत्रका मतदातालाई लक्षित गरी आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ। सचेतनामूलक सन्देश प्रकाशन/प्रशारण तथा सम्बन्धित क्षेत्रमा मतदाता स्वयंसेवक परिचालन गरेर मतदान गर्ने तरिकाबारे सिकाइरहेको आयोग प्रवक्ता राजकुमार श्रेष्ठले देखापढीलाई जानकारी दिए। मतदाता शिक्षा कार्यक्रम ११ मंसीरसम्म चल्नेछ।
प्रतिनिधिसभाको उपनिर्वाचन हुने कास्की–२ मा ७१ हजार ८७१ मतदाता छन्। यसमध्ये महिला ३८ हजार ७६४, पुरुष ३३ हजार १०६ र तेस्रोलिङ्गी एकजना छन्।
२०७४ मा भएको निर्वाचनमा कास्की–२ मा ३८ हजार १५७ महिला र ३२ हजार ४९३ पुरुष मतदाता थिए। उपनिर्वाचनका लागि कास्कीमा ३२ मतदान स्थल र ८३ मतदान केन्द्र तोकिएको छ।
यस्तै, प्रदेशसभातर्फ उपनिर्वाचन हुने भक्तपुर–१ ‘क’मा ४५ हजार १५ मतदाता छन्। यसमा महिला २३ हजार ८० र पुरुष २१ हजार ९३५ छन्।
२०७४ मा भएको निर्वाचनमा भक्तपुर–१ ‘क’ मा २२ हजार ३३८ महिला र पुरुष २१ हजार २१४ पुरुष मतदाता थिए। उपनिर्वाचनका लागि भक्तपुर–१ ‘क’ मा २२ मतदान स्थल र ५४ मतदान केन्द्र तोकिएको छ।
प्रदेशसभाकै दाङ–३, ‘ख’मा उपनिर्वाचनका लागि ६८ जार ७१९ मतदाता छन्। यसमा महिला ३४ हजार ९४०, पुरुष ३३ हजार ७७८ र एकजना तेस्रोलिङगी रहेको निर्वाचन आयोगले जनाएको छ। अघिल्लो निर्वाचनमा त्यहाँ ३३ हजार ३६६ महिला, ३२ हजार ४३५ पुरुष र एक जना तेस्रो लिङ्गी मतदाता थिए।
अहिले उपनिर्वाचनमा दाङ–३, ‘ख’मा ३४ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको छ।
प्रदेशसभाका लागि उपनिर्वाचन हुने बाग्लुङ–२ ‘ख’मा जम्मा ३५ हजार १८४ मतदाता छन्। यसमा १७ हजार ९५९ महिला र १७ हजार २२५ पुरुष रहेका छन्।
अघिल्लो निर्वाचनमा त्यहाँ १६ हजार ९३५ महिला र १६ हजार ३०५ पुरुष मतदाता थिए।
बाग्लुङ–२ ‘ख’मा उपनिर्वाचनका लागि २४ मतदान स्थल र ४५ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ।
यस्तै स्थानीय तहतर्फ उपनिर्वाचन हुने धरान उपमहानगरपालिकामा ९२ हजार ८५३ मतदाता छन्। त्यहाँ उपहानगर प्रमुखका लागि उपनिर्वाचन हुँदैछ। धरानमा ४९ हजार ३७१ महिला र ४३ हजार ४८२ पुरुष मतदाता छन्।
अघिल्लो निर्वाचनमा त्यहाँ ४२ हजार १४८ महिला र ३७ हजार १४२ महिला मतदाता थिए। उपनिर्वाचनका लागि धरानमा २८ मतदान स्थल र ९९ मतदान केन्द्र तोकिएको छ। पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षका लागि हुने उपनिर्वाचनमा १६ हजार ५७७ मतदाता छन्। यसमा ८ हजार ५३१ पुरुष र ८ हजार ४६ महिला छन्।
त्यहाँ १७ मतदान स्थल र ३१ मतदान केन्द्र तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस्तै, संखुवासभाको मकालु गाउँपालिका अध्यक्षका लागि हुने उपनिर्वाचनमा ४ हजार ७९१ पुरुष र ४ हजार २१० महिला गरी ९ हजार एकजना मतदाता छन्। त्यहाँ ११ मतदान स्थल र १५ मतदान केन्द्र छन्।
महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि हुने उपनिर्वाचनमा ९ हजार ६५७ पुरुष र ८ हजार ९३१ महिला गरी कूल १८ हजार ५८८ र हुम्लाको खर्पुथान गाउँपालिका उपाध्यक्षका लागि हुने उपनिर्वाचनमा एक हजार ७९४ पुरुष र एक हजार ५९३ महिला गरी कूल तीन हजार ३८७ मतदाता छन्।
महोत्तरीमा १९ मतदान स्थल र २९ मतदान केन्द्र तथा हुम्लामा ५ मतदान स्थल र ५ मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ।
वडाध्यक्षतर्फ उपनिर्वाचन हुने अछामको मल्लेख गाउँपालिका–५ मा एक हजार ९०४ मतदाता छन्। जहाँ २ मतदान स्थल र ३ मतदान केन्द्र तोकिएको छ।
अर्घाखाँचीको मालारानी गाउँपालिका–३ मा ३ हजार ११ मतदाता छन्। त्यहाँ २ मतादान स्थल र ४ मतदान केन्द्र छन्। कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा एक हजार १९९ मतदाता, एक मतदान स्थल र २ मतदान केन्द्र तोकिएको छ।
कपिलवस्तुको शिवराज नगरपालिका–१० मा दुई हजार ७२ मतदाता, २ मतदान स्थल र ३ मतदान केन्द्र, काठमाडौंको दक्षिणकाली नगरपालिका–३ मा एक हजार २८६ मतदाता, एक मतदान स्थल र दुई मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ मा एक हजार ८७७ मतदाता, एक मतदान स्थल र दुई मतदान केन्द्र, खोटाङको साकेला गाउँपालिका–३ मा एक हजार ३०३ मतदाता, एक मतदान स्थल र दुई मतदान केन्द्र, गुल्मीको रुरु गाउँपालिका–६ मा २ हजार ४८ मतदाता, एक मतदान स्थल र दुई मतदान केन्द्र छन्।
चितवनको भरतपुर महानगरपालिका–१६र चितवनकै खैरहनी नगरपालिका–४ मा गरी १३ हजार २८४ मतदाता, ६ मतदान स्थल र १५ मतदान केन्द्र, डोटीको आदर्श गाउँपालिका–२ मा २ हजार ४५९ मतदाता, ३ मतदान स्थल र ३ मतदान केन्द्र, दाङको घोराही उपमहानगरपालिका–१६ मा ४ हजार ४५३ मतदाता, २ मतदान स्थल र ३ मतदान केन्द्र तोकिएको छ।
नवलपरासीको बुङदीकाली गाउँपालिका–५ मा ८५३ मतदाता, एक मतदान स्थल र एक मतदान केन्द्र, पर्साको सखुवा प्रसौनी गाउँपालिका–५मा २ हजार ६०२ मतदाता, एक मतदान स्थल र तीन मतदान केन्द्र रहेका छन्।
यसैगरी, पाँचथरको फिदिम नगरपालिका–१ मा हिलिहाङ गाउँपालिका–७ मा ६मा ६ हजार २७३ मतदाता, २ मतदान स्थल र ५ मतदान केन्द्र, प्युठानको ऐरावती गाउँपालिका–१, वडा नम्बर २ र प्युठान नगरपालिका–२ मा गरी ८ हजार ३४६ मतदाता, ८ मतदान स्थल र १२ मतदान केन्द्र, बाँकेको कोहलपुर नगरपालिका–६ मा दुई हजार २६ मतदाता, एक मतदा स्थल र दुई मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ।
बाग्लुङको बडिगाड गाउँपालिका–२ मा एक हजार ७४२ मतदाता, १ मतदान स्थल र दुई मतदान केन्द्र, बाजुराको त्रिवेणी नगरपालिका–१ मा एक हजार ३९ मतदाता, एक मतदान स्थल र एक मतदान केन्द्र, बाराको बारागढी गाउँपालिका–१ मा दुई हजार ३६६ मतदाता, दुई मतदान स्थल र तीन मतदान केन्द्र, बैतडीको दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ मा र पुर्चौडी नगरपालिका–४ मा गरी ४ हजार ३३६ मतदाता, ५ मतदान स्थल ६ मतदान केन्द्र रहेका निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
भोजपुरको पौवादुङमा गाउँपालिका–१ मा एक हजार ६१६ मतदाता, एक मतदान स्थल र दुई मतदान केन्द्र, महोत्तरीको बलवा नगरपालिका–२, बलवा नगरपालिका–८ र मटिहानी नगरपालिका–६ गरी ४ हजार ३३२ मतदाता, ३ मतदान स्थल, पाँच मतदान केन्द्र, मोरङको धनपालथान गाउँपालिका–२ मा चार हजार ४७ मतदाता, दुई मतदान स्थल र पाँच मतदान केन्द्र, रामेछापको उमाकुण्ड गाउँपालिका–५ मा एक हजार ८२२ मतदाता, एक मतदान स्थल र दुई मतदान केन्द्र रहेका छन्।
रोल्पाको थबाङ गाउँपालिका–१ मा एक हजार २७४ मतदाता, एक मतदान स्थल र दुई मतदान केन्द्र, रौतहटको गढीमाई नगरपालिका–२ मा एक हजार ८२२ मतदाता, दुई मतदान स्थल र तीन मतदान केन्द्र, जमजुङको सुन्दरबजार नगरपालिका–२ मा दुई हजार २९७ मतदाता, दुई मतदान स्थल र तीन मतदान केन्द्र, संखुवासभाको खाँदबारी नगरपालिका–३ मा एक हजार ८२२ मतदाता, एक मतदान स्थल र दुई मतदान केन्द्र रहेका छन्।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा एक हजार ४०२ मतदाता, एक मतदान स्थल र २ मतदान केन्द्र, सर्लाहीको हरिपूर्वा नगरपालिका–१ मा एक हजार ३५६ मतदाता, एक मतदान स्थल र दुई मतदान केन्द्र, सल्यानको कुमाखमालिका गाउँपालिका–५मा एक हजार ८३९ मतदाता, एक मतदान स्थल र दुई मतदान केन्द्र, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–८ मा एक हजार ४०४ मतदाता, एक मतदान स्थल र दुई मतदान केन्द्र, सिराहाको कल्याणपुर नगरपालिका–१२ मा तीन हजार ४५० मतदाता, दुई मतदान स्थल र ४ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ।
तीनै तहका लागि १४ मंसीरमा बिहान सातदेखि साँझ पाँचबजेसम्म मतदान हुनेछ। मतदान गर्न जाँदा मतदाता परिचयपत्र अनिवार्य रूपमा साथैमा लैजानआयोगले आग्रह गरेको छ।