काठमाडौं । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागअन्तर्गतको भर्ना छनौट महाशाखाले प्रहरी जवान पदमा भर्नाको लागि विज्ञापन गरेको छ।
महाशाखाले शुक्रबार ५ हजार २२७ जना लिने गरी विज्ञापन गरेको हो। खुल्ला प्रतियोगिताबाट समावेशी प्रावधानअनुसार पदपूर्ति गर्ने महाशाखाले जनाएको छ।
यसअनुसार महाशाखाले २ हजार ८१७ जना खुल्ला, आदिवासी जनजाति ७३७ जना, मधेशी ६४६ जना, महिला ४६१ जना, दलित ३४५ जना, पिछडिएको क्षेत्र ११६ जना र अमर÷असक्त प्रहरी परिवारबाट १०५ जना लिने भएका छन्।
कम्तीमा कक्षा ८ सम्म योग्यता भइ १८ वर्ष पुगेका र २३ वर्ष ननाघेका नागरिकले प्रतिस्पर्धा गर्न पाउने भएका छन्। दरखास्त अवधि कार्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म रहेको छ।
" /> काठमाडौं । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागअन्तर्गतको भर्ना छनौट महाशाखाले प्रहरी जवान पदमा भर्नाको लागि विज्ञापन गरेको छ।महाशाखाले शुक्रबार ५ हजार २२७ जना लिने गरी विज्ञापन गरेको हो। खुल्ला प्रतियोगिताबाट समावेशी प्रावधानअनुसार पदपूर्ति गर्ने महाशाखाले जनाएको छ।

">