बैंकिङ अपराधमा कर्मचारी : १० वर्षमा २२ अर्ब ठगी

काठमाडौं। पछिल्लो १० वर्षमा बैंकका कर्मचारीकै मिलेमतोमा २२ अर्बभन्दा धेरै अनियमितता भएको छ । यो अवधिमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बैंकिङ कसुरमा ५२ बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारीसहित हजारभन्दा धेरैविरुद्ध मुद्दा चलाएको छ।

उनीहरुसँग २२ अर्ब ६ करोड ८ लाख ४६ हजार ८३४ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । हाल सीआइबीले नेपाल बैंकका नवौं तहका कर्मचारी भूपराज कोइरालाले गरेको करीब ६० लाख अनियमितताको घटनामा छानबिन गरिरहेको छ।

नक्कली खडा गरिएका कम्पनी र कमसल धितोलाई अधिकतम् मूल्यांकन गरी बैंकका कर्मचारीद्वारा मिलेमतोमा कर्जा प्रवाह गरेर अत्यधिक ठगी हुने गरेको पाइएको समाचार लेखेको आजको नयाँ पत्रिकाले एउटै बैंकबाट ८ अर्बसम्म ठगी भएको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्