काठमाडौं। बैतडीको सिगास गाउँपालिका जिल्लाकै सबैभन्दा विकट पालिका हो । जहाँ एउटा वडादेखि अर्को वडा पुग्न नै १० घण्टासम्म हिंड्नुपर्ने बाध्यता छ ।
सडक अभावमा यातायातका साधनसमेत पुग्न नसकेको सिगास गाउँपालिकामा सरकारी कर्मचारी प्राय जानै मान्दैनन् । गएका कर्मचारी पनि आधारभूत आवश्यक सेवा-सुविधा नहुँदा काम गर्न नपाउने अवस्था छ। अर्थात स्थानीयलाई सेवा-सुविधा दिनुपर्ने कर्मचारीहरु आफैसमेत सुविधा पाउँदैनन्।
गाउँपालिकाको कार्यालयमा इन्टरनेट त परको कुरा विद्युत समेत छैन। जंगलको बीचमा रहेको कार्यालयमा अन्य भौतिक पूर्वाधारको अभाव उस्तै छ ।
सिगास गाउँपालिकाका नौवटै वडा अहिले सचिवविहीन छन् । वडामा सचिव नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
सचिवविहीन रहेका वडामा प्राविधिक सहायकलाई सचिवको जिम्मेवारी दिएर काम भने चलाइएको छ ।
सिगास गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीका अनुसार साविकको गाविसका ६ जना प्राविधिक सहायकबाट वडा कार्यालयहरुको काम भइरहेको छ। तीन जनाले दुई वडा र अन्य तीन जनाले एक एक वडामा काम चलाइरहेको प्रमुख प्रशासकीय अधिकृत अवस्थीले देखापढीलाई बताए।
कर्मचारी समायोजन भइसक्दा पनि आखिर किन सिगास गाउँपालिकामा वडा सचिव नै छैनन् त ? प्रमुख प्रशासकीय अधिकृत अवस्थी भन्छन्- ''न विजुली छ, न त इन्टरनेट । बाटोघाटो पनि छैन। जिल्लाकै सबैभन्दा विकट पालिका हो यो । त्यसैले समायोजनका क्रममा यो पालिका कसैले रोजेनन्। सरकारले पनि कसैलाई पठाउन सकेन। त्यसैले सवै वडा कार्यालय सचिव विहिन भएका हुन्।''
वडा कार्यालयमा सचिव नहुँदा कार्यसम्पादनमा समस्या हुने गरेको छ। यसले गर्दा सेवाग्राही समस्यामा पर्ने गरेका छन् ।