काठमाडौं। भर्खरै कोरोनामुक्त भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनप्रति यति आक्रामक छन् कि उनी कोरोनाको नाम आयो कि चीनमाथि खनिइहाल्छन्।
संसारभर महामारी फैलनुमा उनी चीनलाई दोषी ठान्छन्। उनले विश्वमञ्चमै कोरोनालाई ‘चिनियाँ भाइरस’ समेत भनिसकेका छन्। पछिल्लो निर्वाचन र्यालीलाई सम्बोधन गर्दै ‘चीनले जे गर्यो त्यो अमेरिकाले कहिल्यै नभुल्ने’ चेतावनी नै दिएका छन्।
उनको दाबी छ, कोरोनाभाइरस चीनको वुहान ल्याबबाट संसारभर फैलिएको हो। अहिले जुन ढंगको त्रास संसारमा फैलिएको छ, त्यो सबै चीनका कारण भएको उनको जिकिर छ। र्यालीमा उनले भने, ‘‘चीनमा के भइरहेको छ भन्ने कुरा कसैलाई थाहा हुँदैन। तर अमेरिकाले कोरोनाका कारण धेरैथोक गुमाएको छ। यो कसैले पनि सोचेको थिएन।’’
महामारीले निकै असर गरिरहँदा पनि आफूले देशमा थुप्रै काम गरेको उनको दाबी थियो। अमेरिका कोरोनाबाट मुक्त हुँदै गएको पनि उनले बताए। तर, दुई लाख २० हजार मानिसको जीवन गुमेकोमा उनले दुःख पोखे।
कोरोनाअघि अमेरिकाको अर्थव्यवस्था निकै मजबुत रहेको र अहिले कमजोर बनेको उनले बताए। उनले कोरोना संक्रमणलाई ‘कृत्रिम भयानक स्थिति’को संज्ञा दिए।
अमेरिका प्रगतिपथमा तीव्र गतिमा अघि बढिरहेको समयमा अचानक कृत्रिम तथा भयानक अवस्था चीनका कारण आएको उनले आरोप लगाए। त्यही कारण सबथोक बिग्रिएको उनको भनाइ थियो। उत्तर क्यारोलाइनामाआयोजित चुनावी र्यालीमाउनले भने, ‘‘हामीले बेरोजगारीमाथि विजय पाइरहेका थियौं, चीनलाई यस सन्दर्भमा जितिरहेका थियौं, जुन काम पहिला कहिल्यै हुन सकेको थिएन। मैले चीनमाथि विभिन्न सामानमा भन्सार दर वृद्धि गरेको थिएँ। अरू थुप्रै काम गरिरहेको थिएँ।’’
आफ्ना सारा योजना चीनका कारण पछि परेको उनको भनाइ थियो। सम्बोधनका क्रममा उनले धेरै समय चीनमाथि आक्रोश पोखेर बिताएका थिए। एजेन्सी
" /> काठमाडौं। भर्खरै कोरोनामुक्त भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनप्रति यति आक्रामक छन् कि उनी कोरोनाको नाम आयो कि चीनमाथि खनिइहाल्छन्।संसारभर महामारी फैलनुमा उनी चीनलाई दोषी ठान्छन्। उनले विश्वमञ्चमै कोरोनालाई ‘चिनियाँ भाइरस’ समेत भनिसकेका छन्। पछिल्लो निर्वाचन र्यालीलाई सम्बोधन गर्दै ‘चीनले जे गर्यो त्यो अमेरिकाले कहिल्यै नभुल्ने’ चेतावनी नै दिएका छन्।

">