"> गीतमा ‘कालापानी हाम्रै हो, लिम्पियाधुरा हाम्रै हाे’: Dekhapadhi
गीतमा ‘कालापानी हाम्रै हो, लिम्पियाधुरा हाम्रै हाे’
काठमाडौं। भारतले आफ्नो पछिल्लाे राजनीतिक नक्शामा नेपालको भू–भाग समेटेसँगै शुरू भएकाे विराेध अझै जारी छ।

विराेधमा नयाँ-नयाँ शैली प्रयाेग भइरहेका छन्। त्यही क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपाली भूमि भएकाे प्रष्ट्याउँदै एउटा गीत नै बनेकाे छ।

रामकुमार कार्कीले बजारमा ल्याएकाे गीतमा भनेका छन्,

बलभद्रका सन्तान हामी, अमरसिंहका नाति
सहदैनौं अत्याचार भाको हामीमाथि
उठाऔं अब पुर्खाले थन्क्याएका खुँडा
वीर गोर्खाली झुक्ने छैन, टिक्ने छैन घुँडा
लिपुलेक हाम्रै हो, कालापानी हाम्रै हो,
लिम्पियाधुरा हाम्रै हो, नालापानी हाम्रै हो

नेपाली भूमिमाथि भइरहेकाे अतिक्रमणले सबैलाई पिराेलेकाे उल्लेख गर्दै उनले गीतमा भनेका छन्,

कस्तो सीमा राखेउ हाम्ले दिनदिनै सर्ने,
छिमेकीको तापले हामी कतिदिन मर्ने

मिचिएको सीमा फिर्ता गराउन नेपाली एकसाथ हुनुपर्ने सन्देश दिने गीतमा राजेन्द्रकुमार कार्कीको शब्द र रामकुमार पौडेलको लय सिर्जना छ।

गीतमा रामकुमार कार्की, रामकुमार पौडेल, राजेन्द्रकुमार कार्की, कमला खड्का र पूजा विश्वकर्मालगायतले स्वर दिएका छन्।

पूर्व टिष्टा हाम्रै हो, काँगडा नि हाम्रै हो
टनकपुर नि हाम्रै हो, फिर्ता गरे राम्रै हो

गीतमार्फत् अतिक्रमित भू–भाग फिर्ता गर्न माग गरिएको छ। गीतमा अंग्रेजसँग बहादुरीका साथ लडेको समेत स्मरण गराइएको छ।

पौडेलले यो गीतमार्फत् मिचिएको सिमाना रक्षा गर्न एकजुट हुनुपर्ने सन्देश दिन खोजिएको बताएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्