१० मंसीरभित्र हतियार बुझाउन गृह मन्त्रालयको आग्रह <p>काठमाडाैं। गृह मन्त्रालयले १४ मंसीरमा हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ।</p> <p>मन्त्रालयले आज सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन १० मंसीरभित्र हतियार बुझाउन अनुरोध गरेको हो।</p> <p>सूचनामा &lsquo;हातहतियार खरखजाना ऐन २०१९&rsquo; को दफा ८ अनुसार सम्बन्धित जिल्लाका व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरूपमा बुझाउन भनिएको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्