काठमाडौं। उपत्यकाबाट बाहिर जाने यात्रु नपाएपछि यातायात व्यवसायीले दसैंमा अग्रिम टिकट बुकिङ खोलेनन्।
व्यवसायीहरूले यात्रु नभएपछि अग्रिम टिकट बुकिङ नखोलिएको जानकारी दिएका छन्।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दैनिकरूपमा चल्ने यातायातले नै उपत्यका छाड्न चाहनेहरूलाई गन्तव्यमा पुर्याउन सक्ने जानकारी दिए।
“अघिल्ला वर्षमा जस्तो यो वर्षमा धेरै मानिसहरू उपत्यकामा छैनन्। उनीहरूले यसअघि नै उपत्यका छाडिसकेका छन्,” उनले भने, “भएका केही मानिसहरू पनि यो दसैंमा घर नजाने पक्षमा छन्।”
सरकारले पनि यसपटकको दसैंमा घर नजान सर्वसाधारणलाई अपिल गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘जो जहाँ छ, त्यही रहेर दसैं मनाउन’ अनुरोध गरेको थियो।
सोही कारण उपत्यकामा रहेका केही लाख मानिसहरू पनि यही रहेर दसैं मनाउने निर्णयमा पुगेको सिटौलाको भनाइ छ।
यस्तै, सरकारको उक्त आह्वानपछि उपत्यका छाड्न चाहने मानिसहरूले माइक्रो, सुमोलगायतका साना सवारीसाधन रिजर्भ गरे। र, ती रिजर्भ सवारीमा आफ्ना परिवारमात्रै गए।
नेपाल र भारत जोड्ने लामो दूरीको मञ्जुश्री यातायात प्रालिका सञ्चालक बलराम बरालले यात्रु नै नपाएकाले अग्रिम टिकट बुकिङ नखोलेको बताए।
उनले भने, “टिकट काट्ने मानिसहरू टिकट काउन्टरमा गएर उभिएको अवस्थामा टिकट नकाट्ने भन्ने हुँदैन। टिकट काट्ने मानिस नै बसपार्क जाँदैनन्। अनि कसरी अग्रिम टिकट खुलाउनु?”
उनका अनुसार अघिल्ला वर्षहरूमा दसैंको मुखमा झण्डै ३० लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिन्थे। तर, यो पटक बाहिर जान चाहने दुई लाख मानिस भेट्न पनि मुस्किल छ।
" /> काठमाडौं। उपत्यकाबाट बाहिर जाने यात्रु नपाएपछि यातायात व्यवसायीले दसैंमा अग्रिम टिकट बुकिङ खोलेनन्।व्यवसायीहरूले यात्रु नभएपछि अग्रिम टिकट बुकिङ नखोलिएको जानकारी दिएका छन्।

">