माग्ने र दिने परम्पराबाट विकास सम्भव छैनः मुख्यमन्त्री शाही
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिने र माग्ने परम्पराबाट विकास सम्भव नहुने बताएका छन्।

रिपोर्टस् क्लब कर्णाली प्रदेशको पहिलो अधिवेशनको आज वीरेन्द्रनगर सुर्खेतमा उद्घाटन गर्दै उनले आवश्यकता र प्राथमिकताका आधारमा हुने विकासले मात्र मुलुक समृद्धिको दिशातर्फ अघि बढ्ने बताए।

सत्तामा रहनेले बजेट बाँड्ने र सडकमा रहनेले माग्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा उनले जोड दिए।

“कर्णाली आफैँमा अत्यन्तै सुन्दर प्रदेश हो । केहीले भन्छन्, कर्णाली सुनको डल्ला हो त कसैले भन्छन्, उत्कृष्ट भूमि हो । यही सुनको डल्लो हो होइन भन्ने वास्तविक कुराको प्रमाणित गर्ने जिम्मेवारी हाम्रो काँधमा आइपुगेको छ,” उनले भने।

त्यसका साथै कर्णालीमा थुप्रै समस्या भएको जनाउँदै उनले यसको विकासका लागि पत्रकारले स्वच्छ सिपाहीको भूमिकामा रहेर काम गर्न आग्रह गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्