प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर सिटी भिड्दै

काठमाडाैं। इंग्लिस प्रिमियर लिगमा आज राति साविक विजेता म्यानचेस्टर सिटी र पूर्वविजेता चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ।

लिगको अंक तालिकामा शीर्ष चारमा रहेका यी दुई टोलीबीचको खेललाई उपाधि भिडन्तका हिसाबले समेत महत्त्वपूर्ण मानिएको छ।

चेल्सीको १२ खेलबाट २६ अंक छ भने समान खेलबाट सिटीको २५ अंक छ।

२६ अंक नै भए पनि गोल अन्तरका आधारमा लेस्टर सिटी दोस्रोमा छ।

शीर्षस्थानमा रहेको लिभरपुलले समान खेलबाट ३४ अंक जोडेको छ।

करीब एकतिहाई खेल सकिँदा लिभरपुलले आठ अंकको स्पष्ट अग्रता लिए पनि धेरैले म्यानचेस्टर सिटी र चेल्सीलाई उपाधि होडबाट बाहिर राखेका छैनन्।

आज राति ११ः१५ मा सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुने खेल दुवैका लागि निकै महत्त्वपूर्ण हुनेछ।

यो खेल हार्ने टोलीका लागि उपाधि दौड कठिन बन्नेछ।

इतिहाद स्टेडियमको खेल चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डका लागि पनि अर्थपूर्ण हुनेछ।

यही सिजन चेल्सीको नेतृत्व सम्हालेका 'चेल्सी लिजेन्ड' लाम्पार्ड आफ्नो खेलाडी जीवनको अन्त्यतिर सिटीबाटै खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्