नेपालको विद्युत खरिद र उत्पादनमा भारत र बंगलादेश सहकार्य गर्न तयार
काठमाडौं। नेपालमा उत्पादित बिजुली खरिदका लागि छिमेकी मुलुकहरू इच्छुक देखिएका छन्।

५ मंसीरदेखि दुई दिन भएको पावर समिट २०१९ का विभिन्न शत्र तथा समापन समारोहमा छिमेकी मुलुकका मन्त्रीलगायतका विशिष्ट प्रतिनिधिले विद्युत खरिदका लागि तयार रहेको तर नेपालले वातावरण बनाउनुपर्ने धारणा राखे।

नेपालमा जलविद्युत आयोजनाहरूको निर्माण बढ्दै जाँदा विद्युत खेर जाने भन्ने चिन्ता बढिरहेका बेला भएको सम्मेलनमा भारत र बंगलादेशका प्रतिनिधिहरूले आफूहरू विद्युत किन्नका लागि तयार रहेको बताउँदै यसका व्यापारका साथै लगानीका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाएको आजको कारोबारमा समाचार छ।

बंगलादेशका विद्युत, उर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले नेपालमा निर्माण भईरहेको नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विजुली किन्न बंगलादेश सहमत भएको बताउँदै अरु विद्युत लैजानका लागि समेत द्विपक्षीय रूपमा छलफल अघि बढााएको बताएका थिए।

भारतको उर्जा मन्त्रालयका प्रतिनिधिले पनि विद्युत व्यापारका लागि तयार भएको बताएका छन्।

सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्ती बसन्तकुमार नेम्वाङले सरकार २० हजार मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माणमा जाने तयारीमा रहेको भएपनि द्विदेशीय तथा बहुदेशीक राजनीतिक सहमतिको अभावमा बजारको उजागर हुन नसकेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्