‘अब्बल अनुसन्धान’ शीर्षक दिएर हिमालले आफ्नो आवरण रिपोर्टमा लेखेको छ, ‘सत्ता र शक्तिको आडमा जघन्य अपराधलाई १२ बर्षसम्म दबाउन सफल मोहम्मद अफताव आलमको जेलयात्रासँगै प्रहरी संगठन अनुसन्धानमा अझैं अब्बल रहेको सन्देश दिन सफल भए, एसपी भूपेन्द्र खत्री ।’
पछिल्लो समय अपराधको केन्द्रका रुपमा विकास हुँदै गएको रौतहटमा भएका अरु जघन्य अपराधलाई समेत हिमालले उठाएको छ। लेखेको छ, ‘खत्रीसामु अब जिल्लाका अन्य जघन्य अपराध अनुसन्धान अघि बढाउने जिम्मेवारी पनि थपिएको छ ।’

आलममाथि अब्बल अनुसन्धान गर्ने अफिसर

काठमाडौं । रौतहटमा करिब १२ बर्षअघि भएको सामूहिक हत्याकाण्डका मुख्य अभियुक्त मोहम्मद अफताव आलमलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

सत्ता र शक्तिको आडमा झण्डै १२ बर्षसम्म दबाएर राखिएको रौतहटको यो विभत्स हत्याकाण्डको फाइल एसपी भूपेन्द्र खत्री रौतहटको प्रहरी प्रमुख भएर गएपछि नै खुलेको थियो।

सर्वोच्च अदालतको पछिल्लो आदेशले यसलाई गति दिए पनि खत्रीले त्यसअघि नै हत्याकाण्डको अनुसन्धान अघि बढाइसकेका थिए ।

पुराना फाइल खोतलेपछि उनले सर्वोच्चको आदेश आउनुभन्दा एक महिना पहिले नै प्रहरी निरीक्षक पप्पु नायकलाई यो हत्याकाण्डको अनुसन्धान अधिकृत तोकेका थिए।

अनुसन्धान शुरु गरेको करीब ६ महिनापछि मात्र रौतहट प्रहरीले आलमलाई पक्राउ गरेको थियो । पक्राउ परेपछि आलमले हत्याकाण्ड ढाकछोप गर्ने अनेक प्रपञ्च गरे ।

पीडितलाई प्रलोभनमा पार्ने, धम्क्याउने र अपहरण गराउनेदेखि साक्षीलाई बयान फेर्न लगाउनेसम्मका हर्कत गरे ।

तर, रौतहट प्रहरीले त्यसमा अविचलित भएर काम गर्यो । एसपी खत्रीको नेतृत्वमा भएको चुस्त अनुसन्धानले नै आलमलाई १२ बर्षपछि जेल पठायो।

आज प्रकाशित साप्ताहिक हिमाल खबरपत्रिकाले रौतहट प्रहरीले गरेको यही अनुसन्धानलाई आफ्नो आवरण रिपोर्ट बनाएको छ।

‘अब्बल अनुसन्धान’ शीर्षक दिएर हिमालले आफ्नो आवरण रिपोर्टमा लेखेको छ, ‘सत्ता र शक्तिको आडमा जघन्य अपराधलाई १२ बर्षसम्म दबाउन सफल मोहम्मद अफताव आलमको जेलयात्रासँगै प्रहरी संगठन अनुसन्धानमा अझैं अब्बल रहेको सन्देश दिन सफल भए, एसपी भूपेन्द्र खत्री ।’

पछिल्लो समय अपराधको केन्द्रका रुपमा विकास हुँदै गएको रौतहटमा भएका अरु जघन्य अपराधलाई समेत हिमालले उठाएको छ। लेखेको छ, ‘खत्रीसामु अब जिल्लाका अन्य जघन्य अपराध अनुसन्धान अघि बढाउने जिम्मेवारी पनि थपिएको छ ।’

पढ्नुहोस्ः

‘१२ वर्षपछि खोलो फर्काउने’ रौतहट प्रहरीको त्यो अनुसन्धान (भिडिओसहित)