पानी थापेको बाल्टीमा डुबेर कैलालीमा १५ महीने बालिकाको मृत्यु

कैलाली। पानी थापेको बाल्टीमा डुबेर कैलालीमा १५ महीनाकी एक बालिकाको मृत्यु भएको छ।

लम्कीचुहा नगरपालिका-८ का प्रेम तिमल्सिनाकी १५ महीनाकी छोरी गरिमाको पानी भरिएको बाल्टीमा डुवेर गएराति मृत्यु भएको प्रहरीले बताएको छ।

बलिकाकी आमा राधीका तिमल्सिना र सासुससुराबीच ७ मंसीरमा झगडा भएपछि राधिका १५ महिने छोरीलाई घरमै छोडेर माईती गएकी थिईन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी दक्षकुमार बस्नेतले बलिकाको आमा र सासुससुरा बीच झगडा भएपछि राधीका एक्लै माईत गएको र राती उनकी छोरी गरिमाको बाल्टीमा डुवेर मृत्यु भएको खवर पाएपछि प्रहरी घटनास्थल पुगेको बताए।

घटनामा संलग्न रहेको आशंकामा बालिकाकी आमा राधीका र उनकी सासुससुरालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ।

बलिकाको बुवा भारतमा मजदूरी गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्