बानेश्‍वर दुर्घटनामा मृत्यु हुने व्यक्ति टिचिङ अस्पतालका रिटायर्ड डाक्टर <p>काठमाडौं। आज बिहान ६:३० बजे बानेश्वरमा गाडीको ठक्करबाट मृत्यु भएका व्यक्ति त्रिवि शिक्षण अस्पतालका सेवा निवृत्त चिकित्सक&nbsp;पुष्प जोशी रहेको प्रहरीले जनाएको छ।&nbsp;&nbsp;&nbsp;</p> <p>मर्निङ वाकमा निस्केका बानेश्वर निवासी ७४ वर्षिय डा. जोशीको संसद भवनको दक्षिण गेट अगाडि गाडीको ठक्करबाट मृत्यु भएको बानेश्वर प्रहरी वृत्तका डीएसपी दुर्गाराज रेग्मीले बताएका छन्।&nbsp;</p> <p>डीएसपी रेग्मीका अनुसार जोशी त्रिवि शिक्षण अस्पताल महाराजगंजका&nbsp;सेवा निवृत्त एनेस्थीसिया चिकित्सक हुन्।&nbsp;</p> <p>ठक्कर दिने गाडी भने खोजि भइरहेको प्रहरीले जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्