नेपाल वन प्राविधिक संघका पूर्वमहासचिव विष्णुप्रसाद आचार्य वनको क्षेत्र बढेसँगै वन्यजन्तु पनि बढेका र तिनीहरू आहाराको लागि बस्ती नजिक आउन थालेको बताउँछन् ।
“चितुवाले एकपटकमा तीन÷चार वटा बच्चा जन्माउँछ, तिनका लागि आहारा जुटाउन बस्ती नजिक आउन थालेको छ,” आचार्य भन्छन्, “भाले चितुवाको आक्रमणबाट बच्चालाई जोगाउन पनि पोथीले अन्यत्र लैजान्छ, त्यस्तो बेलामा एक्लै भेटेका बच्चालाई आक्रमण गरेको देखिन्छ ।”
नेपालका चितुवाबारे अनुसन्धान गरेका त्रिभुवन विश्वविद्यालय ‘जूलोजी’ (प्राणीशास्त्र) विभागका प्रमुख डा. तेज थापा पनि आहाराको खोजीमा निस्केको चिुतवाले आक्रमण गरेको बताउँछन् ।
“पहाडका जंगलमा चितुवाको आहारा रतुवा र बँदेल हुन्, अहिले तिनको संख्या थोरै छ,” उनी भन्छन्, “त्यसैले बस्तुभाउ खोज्दै बस्ती नजिक आउने चितुवाले गोठ तथा खोर नजिक एक्लै भेटिएका बालबालिकालाई आक्रमण गरेको पाइएको छ।”
एउटा नगरपालिकाको चार वटा वडामा मात्रै डेढ वर्षमा ६ जना बालबालिकाको ज्यान गइसक्दा पनि मान्छे मार्ने चितुवा नियन्त्रणका लागि प्रभावकारी कदम चालिएको छैन। त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र विभाग प्रमुख डा. थापा वन क्षेत्रबाट आक्रमण गरिरहेको चितुवा हटाउनुपर्ने बताउँछन् ।
“लामो समय ‘फलो’ गरेर समस्या सिर्जना गरेको चितुवा हटाउन सकियो भने त्यसक्षेत्र शान्त हुन्छ, अहिले बैतडी, अर्घाखाँची र पर्वत शान्त छन्,” उनी भन्छन् ।
करीब एक दशक अघि पर्वतमा र केही वर्षअघि बैतडी तथा अर्घाखाँचीमा पनि सानो क्षेत्रमा चितुवाले यसैगरी मानिसको ज्यान लिएको थियो । तनहुँको भानु नगरपालिकामा निकै ठूलो संख्यामा चितुवा नहुनुपर्ने अनुमान गर्दै उनले भने, “कुन चितुवामा समस्या छ भन्ने चिन्न सकियो भने त्यसैलाई नियन्त्रण गर्न सकिन्छ ।”
आहाराका लागि बस्तुभाउलाई मारेको तर सबै मासु खाइनसकी गएको छ भने त्यस्तो चितुवा फर्केर आउने गरेको बताउँदै उनले भने, “त्यस्तो अवस्था कुरेर आक्रमक चितुवा पहिचान गर्न सकिन्छ ।”
चितुवाले भानु नगरपालिकाको वडा नं. २ मा मात्रै तीन जना बच्चको ज्यान लिएको छ । उक्त वडाका वडाध्यक्ष अर्जुनबहादुर केसी नियन्त्रणका लागि गरेको सबै प्रयास खेर गएको बताउँछन् ।
“वन कार्यालय, प्रहरी–प्रशासन, नगरपालिकालगायत सबै निकाय नियन्त्रणका लागि लागेकै छन्, तर चितुवाको आक्रमण रोक्न सकिएन”, उनले भने ।
डिभिजन कार्यालय तनहुँका प्रमुख बराल भने नियन्त्रणका लागि सकेजतिको प्रयास गरिरहेको बताउँछन् । सुरक्षा निकायका प्रमुखहरूको बैठक बोलाएर प्रमुख जिल्ला अधिकारीले गोली हानेर मार्ने आदेश नै दिएको उनले जानकारी दिए ।
“नरभक्षी चितुवालाई जंगलमा गस्ती गरेर भए पनि मार्न आदेश भइसकेको छ”, उनले भने । चितुवाको गतिविधि पत्ता लगाउन जंगलमा क्यामेरा राखिएको उनले बताए । “फलामको खोर बनाएर त्यसमा बाख्रा राखिदिएर पनि हे¥यौं”, उनले भने, “तर, त्यसमा पनि नपरेपछि समुदायसँग मिलेर परम्परागत काठको खोर बनाएर जंगलमा राखेका छौं ।”
त्यसरी राखिएको खोरमा आज बिहानसमेत गरेर चार वटा चितुवा परेका छन्। तीन वटा चितुवालाई बाहिर स्थानान्तरण गरिसकिएको छ । वन कार्यालयका अनुसार दुईवटा चितुवा चितवन राष्ट्रिय निकुञ्ज र एउटा रूपन्देहीको वनमा छाडिएको छ। आज बिहान भानु–२ स्थित मझुवा ओखले सामुदायिक वनक्षेत्रमा काठको खोरमा करिब ८ वर्षको ४० केजीको पोथी चितुवा परेको हो । उक्त चितुवालाई बुटवलको मणी मुकण्सेदन पार्कमा पठाउने तयारी गरिएको छ ।
चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको विज्ञ टोली वनमा परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग विशेष सुरक्षा दस्ता पनि माग गरेको छ । स्थानीयस्तरको पहलबाट नियन्त्रण सफल नभएपछि डिभिजन वन कार्यालयको अनुरोधबमोजिम गृह मन्त्रालयमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।
अर्कोतर्फ पछिल्लो एक सातामा दुई दिनभित्रै दुई वटा चितुवा मरेको भेटिएको छ । ४ मंसीरमा तनहुँको ब्यास–१ मा एउटा भाले चितुवा मृत अवस्थामा भेटिएको थियो भने २ मंसीरमा पनि चितुवाको भाले बच्चो मृत अवस्थामा भेटिएको थियो ।
४ मंसीरमा ब्यास नगरपालिकाको मुसेखोलामा मृत भेटिएको चितुवाको ढाड भाँचिएको थियो । राजमार्गदेखि ५० मिटर तलपट्टी भेटिएको अन्दाजी ८ वर्षको ३५ केजीको चितुवाको शरीरमा अन्य घाउ चोट भने थिएन ।
२ मंसीमा ब्यासको जनकल्याण सामुदायिक वनभित्र २ वर्ष जतिको करीब १० केजी तौल भएको चितुवाको बच्चा पेट चिथोरिएको अवस्थामा मृत भेटिएको थियो । पेटको भित्री अंगहरू बाहिर निकालिएको अवस्थामा भेटिएको हुँदा अर्को ठूलो भाले चितुवाले आक्रमण गरी मारेको हुनसक्ने अनुमान गरिएको छ ।
यसरी दुई वटा चितुवाको मृत्यु र तीन वटाको स्थानान्तरणपछि पनि तनहुँमा आक्रमणको त्रास रोकिएको छैन । भानु–२ का वडाध्यक्ष अर्जुनबहादुर केसी नियन्त्रणका प्रयास असफल हुँदा चितुवाले फेरि–फेरि पनि आक्रमण गर्छ कि भन्ने त्रास स्थानीय समुदायमा बाँकी नै रहेको बताउँछन् ।
वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई १० लाख रूपैयाँ राहत उपलब्ध गराइन्छ । वन्यजन्तुको क्षतिको राहत निर्देशिका बमोजिमको राहत रकम तनहुँमा पनि वितरण गरिएको डिभिजन वन कार्यालय प्रमुख बरालले जानकारी दिए । चितुवाको आक्रमणमा परी ज्यान गुमाएका पछिल्ला दुई बालकको परिवाका लागि अझै राहत आइनपुगेको तर यसअघिका मृतकको परिवारका लागि भने राहत वितरण गरिसकेको उनले बताए ।
“चितुवाको आक्रमणमा परी ज्यान गुमाएका चार जनासहित अन्य सबैलाई गरी ४४ लाख रूपैयाँ वितरण गरिसकेका छौं”, उनले भने ।
पढ्नुहोस्ः
चितुवाले मान्छे किन खान्छ