दाङमा ब्राउन सुगरसहित ८ जना पक्राउ

काठमाडौं। दाङमा लागुऔषध ब्राउन सुगरसहित छुट्टाछुट्टै ठाउँबाट आठ जना पक्राउ परेका छन्।

दाङ घोराही उपमहानगरपालिका-१४ बसपार्क नजिकै ७ मंसीर राति ११:३० बजे ब्राउन सुगरको कारोबार गरिरहेका घोराही-१३ बस्ने विशाल पुन मगर, विशालसिंह नेपाली, महेश वली, आलोक डाँगी र प्रवीण वलीलाई पक्राउ गरिएको हो।

उनीहरूबाट १० ग्राम ब्राउन सुगर बरामद गरिएको दाङ प्रहरी प्रवक्ता विनोद विक्रम शाहले बताए।

त्यस्तै ७ मंसीर साँझ घोराहीकै बाह्रकुने दह नजिकैबाट रुकुमपश्चिम बाफेकोट गाउँपालिका- ७ का ३३ वर्षीय शेरबहादुर खत्री, रुकुमपूर्व भुमे स्वायत्त गाउँपालिका-१ का २८ वर्षीय तपजित घर्तिमगर र दाङ घोराही उपमहानगरपालिका-१३ का २६ वर्षीय अविनाश थापालाई पक्राउ गरिएको छ।

उनीहरूबाट प्रहरीले ३० ग्राम २३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ।

पक्राउ परेका आठ जनाविरुद्ध लागु औषध (नियन्त्रण) ऐन बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान शुरू गरिएको छ।

प्रतिक्रिया दिनुहोस्