काठमाडौं। कोरोना संक्रमणअघि यो संसारमा जन्मने प्रत्येक ६ शिशुमध्ये एक जना चरम गरिबीमा पर्ने गरेका थिए। कोरोनापछि संसारका कतिपय देश आर्थिक रूपमा थप कमजोर हुने छन्, त्यो अवस्थामा गरिब बच्चाको संख्या अझै भयावह हुने अनुमान विश्व बैंक तथा संयुक्त राष्ट्र संघीय बालकोष(युनिसेफ)ले गरेको हो।
यी दुई ठूलो तथा विश्व संस्थाले ‘ग्लोबल एस्टिमेट अफ चिल्ड्रेन इन मनिटरी पोभर्टीः एन अपडेट’ नामक रिपोर्टमा यो अवस्था देखाएका हुन्। विशेषगरी उपसहारा क्षेत्रका देश, जहाँ सीमित सामाजिक सुरक्षा ढाँचा छ, त्यस्ता मुलुकमा दुईतिहाइ शिशु यस्तो परिवारमा बाँचिरहेका छन्, जसले दैनिक १.९० डलरभन्दा कम पैसामा जीवनयापन गरिरहेका छन्।
उक्त रकममा दैनिक जीवन चलाउनेलाई विश्व मानकअनुसार अत्यधिक गरिबीको श्रेणीमा राखिएको छ। दक्षिण एसियाको हालत अझै खराब छ। यो क्षेत्रमा २० प्रतिशत शिशु घोर गरिब परिवारमा जन्मन्छन्।
रिपोर्टको विश्लेषणले के देखाएको छ भने, २०१३ देखि २०१७ को बीचको समयमा चरम गरिबीमा जीवनयापन गर्ने शिशुको संख्यामा कमी आएर २.९ करोडमा सीमित भएको थियो।
युनिसेफ र विश्व बैंक समूहले चेतावनी दिँदै हालका वर्षहरूमा ती मुलुकहरूमा भएको प्रगति निकै मन्द रहेकाले शिशुको अवस्थमा कुनै सुधार भएको छैन। संसारभर नै धन र अवसरको असमान वितरण छ, त्यसमाथि अहिले फैलिएको महामारीले शिशुको अवस्था थप खतरामा पर्ने सम्भावना छ।
कतिपय विश्लेषकहरू यसरी जन्मँदै गरिब भएर शिशु यो दुनियाँमा आउन बाध्य हुनुलाई मुठ्ठिभर मानिसका हातमा अधिक सम्पत्ति हुनुलाई मान्छन्। उनीहरू यस्तो अवस्थाको मुख्य कारक पुँजीवाद देख्छन्। बढ्दो बेराजगारी दर, गृहयुद्ध, राज्यको नागरिकप्रतिको जिम्मेवारीबोधको कमी, भेदभावको गहिरिँदो खाडललाई उनीहरू दोषी देख्छन्।
युनिसेफका कार्यक्रम निर्देशक सञ्जय विजेसेखरा भन्छन्, ‘‘प्रत्येक ६ मध्ये एक बच्चा गम्भीर गरिबीमा जीवनयापन गर्न बाध्य छन् र बाँच्नका लागि संघर्ष गरिरहेका छन्। यो संख्याले हरेक सचेत मानिसलाई गम्भीर पारिदिएको छ। महामारीका कारण संख्या अझै बढ्ने हुनाले अवस्था कस्तो होला? कतिपय देश यतिखेर आर्थिक संकट झेलिरहेका छन्।’’
हरेक देशका सरकारले शिशुहरूलाई यो संकटबाट मुक्त गराउन योजना बनाउँदै शिशुलाई गरिबीको मारबाट जोगाउन हरसम्भव प्रयत्न हुनुपर्ने उनको भनाइ छ। उनका अनुसार संसारको कूल आवादीको एकतिहाइ हिस्सा शिशुले ओगटेका छन्। र, तिनमा आधा संख्या चरम गरिबीमा जीवनयापन गर्न बाध्य शिशुको रहेको छ।
शिशुको जन्म जब चरम गरिब परिवारमा हुन्छ, तब उसको वयस्क उमेर पनि गरिबीमै बित्ने सम्भावना अधिकहुने गर्छ। रिपोर्ट अनुसार सबैभन्दा कम उमेरका बच्चा गरिबीबाट बढी प्रभावित छन्, विकासशील देशहरूमा पाँच वर्षभन्दा कम उमेरका करिब २० प्रतिशत बच्चा चरम गरिबीमा जीवनयापन गरिरहेका छन्।
अस्थिर तथा संघर्षरत देशहरूका शिशु चरम गरिबीमा अझै बढी छन्। त्यस्ता मुलुकमा यस्तो संख्या ४० प्रतिशतसम्म रहेको विश्व बैंकको आँकडा छ। अन्य देशमा यस्ता शिशुको संख्या १५ प्रतिशतको हाराहारीमा छ। २०१३ देखि १७ सम्मको अवधिमा गरिब परिवारमा जन्मने शिशुको संख्यामा केही सुधार आएको देखिए पनि अहिले पुनःअवस्था खराब बन्दै गएको छ। उपसहारा क्षेत्रकै कुरा गर्दा पनि चार वर्षको अवधिमा गरिबी घटेको देखिए पनि २०१८ देखि हालसम्म आइपुग्दा करिब साढे ६ करोडबाट बढेर २३.४ करोड पुगेको छ।

" /> काठमाडौं। कोरोना संक्रमणअघि यो संसारमा जन्मने प्रत्येक ६ शिशुमध्ये एक जना चरम गरिबीमा पर्ने गरेका थिए। कोरोनापछि संसारका कतिपय देश आर्थिक रूपमा थप कमजोर हुने छन्, त्यो अवस्थामा गरिब बच्चाको संख्या अझै भयावह हुने अनुमान विश्व बैंक तथा संयुक्त राष्ट्र संघीय बालकोष(युनिसेफ)ले गरेको हो।यी दुई ठूलो तथा विश्व संस्थाले ‘ग्लोबल एस्टिमेट अफ चिल्ड्रेन इन मनिटरी पोभर्टीः एन अपडेट’ नामक रिपोर्टमा यो अवस्था देखाएका हुन्। विशेषगरी उपसहारा क्षेत्रका देश, जहाँ सीमित सामाजिक सुरक्षा ढाँचा छ, त्यस्ता मुलुकमा दुईतिहाइ शिशु यस्तो परिवारमा बाँचिरहेका छन्, जसले दैनिक १.९० डलरभन्दा कम पैसामा जीवनयापन गरिरहेका छन्।

">