बाध्यतावश सानैमा विदेशिएका पात्रहरूको मनोविज्ञान चलचित्रमा उतार्न खोजिएको छ। भोला र प्रेमको सम्बन्ध रगतले जोडिएको छैन। तर, पनि उनीहरूको मित्रता मजबुत छ।
देशका हिमाली भू–भाग र पोखराका दृश्य चलचित्रमा ‘वाउ’ लाग्ने ‘फ्याक्टर’ हुन्।
फिल्ममा देखाइएका यस्ता दृश्यले एक महीनापछि शुरू हुने नेपाल भ्रमण वर्षको ‘क्याम्पेन’लाई समेत सघाउ पुर्याउन सक्छ।
तर, त्यही क्रममा अक्षम्य त्रुटिसमेत भएका छन्। जस्तो कि, बुबाको खोजीमा संगीता, प्रेम र भोला मुस्ताङबाट केही माथिको गाउँमा पुग्छन्।
उनीहरू डाँडामा पुग्दा हिँउ परिरहेको छ, मौसम ठण्डी छ। उनले देख्ने समथर भू–भागमा घरहरू हिउँले छोपिएका छन्।
वरिपरिका सबै डाँडा हिउँले ढाकिएका छन्। तर, केही क्षणको दूरी पार गरेर बुबाको घरमा पुग्दा टन्टलापुर घाम लागेको देखिन्छ। डाँडाहरूमा पनि कतै हिउँ देखिन्न। अर्थात् चलचित्रमा क्षणभरमै मौसम परिवर्तन भइदिन्छ।
सलल बगेको कथामा चलिरहेको चलचित्रको दृश्यमा कुनै तालमेल नहुनु पाच्य कुरा होइन।
कलाकारसहित छायाङ्कन गरिएको मौसम र ‘इन्सट’का लागि कलाकारबेगर छायाङ्कन गरिएको दृश्य प्रष्टै छुट्टिन्छ। यसले दर्शकलाई चलचित्रमा बाँध्ने होइन, भाँड्ने काम गरेको छ।
चलचित्रमा मनोरम दृश्यहरू देखिए पनि पात्रहरूलाई देखाउने शैलीमा कुनै सिर्जनशिलताको अनुभूति हुँदैन। चाहिने ठाउँमा पनि ‘इन्सट’हरू खेलाइएका छैनन्। कतिपय नचाहिने ठाउँमा बढी खेलाइएको छ।
चलचित्रको कथा कमजोर छ। चलचित्रमा त्रिकोणात्मक प्रेमकथा, विदेशिनुको पीडा, सोझा मानिस फस्ने परिस्थिति आदि उतारचढावहरू समेटिए पनि तिनको प्रस्तुपत अपूरो छ।
दृश्यहरूका बीचमा तालमेल नहुँदा चलचित्रको कथाले पनि न्याय पाएको छैन। योबाहेक दर्शकलाई हसाउने संवादमा अनावश्यक टुक्का मिलाउने काम गरिएको छ।
साम्तेन भुटिया साधारण कथावस्तुमा पनि अब्बल चलचित्र बनाउने सामथ्र्य भएका निर्देशक मानिन्छन्। ‘तान्द्रो’ लगायत आधा दर्जन चलचित्र निर्देशन गरिसकेका साम्तेनको ‘चच हुई’ आठौं चलचित्र हो। पछिल्ला चलचित्रभन्दा यो चलचित्र निर्देशनको हिसाबले निकै कमजोर छ।
चकलेटी हिरोका रूपमा चिनिने आर्यन सिग्देलको अभिनयमा दर्शकले गुलियो पाउँदैनन्। बरू स्वाद नै टर्राे लाग्छ।
अभिनेत्री मिरुना मगरको भूमिका पनि त्यति सशक्त छैन। भोलाराजले बेलाबेलामा हसाउने काम भने गर्छन्।
फिल्ममा पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको समेत अभिनय छ। फिल्म रम–कम अर्थात् रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन्।
यसमा सुशन प्रजापतिको छायाङ्कन, सन्देश अर्यालको लेखन र सिजन दाहालको पटकथा छ। गीतहरूमा राजनराज शिवाकोटी र रोशन थापाको संगीत छ।
रोमान्टिक, एक्सन र सन्सपेन्सले भरपुर चलचित्र बनाउने कोशिस गरिए पनि कुनै विधामा यो चलचित्र हेरूँ हेरूँ लाग्ने छैन।
" />बाध्यतावश सानैमा विदेशिएका पात्रहरूको मनोविज्ञान चलचित्रमा उतार्न खोजिएको छ। भोला र प्रेमको सम्बन्ध रगतले जोडिएको छैन। तर, पनि उनीहरूको मित्रता मजबुत छ।

">