काठमाडौं। प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले संघीय सरकारसँग ‘टसल’ गरेर जान नहुने बताएकाा छन्।
मन्त्री जम्कट्टेलले प्रदेश ३ को सरकार संघीय सरकारसँग टसल गरेर जाने पक्षमा नरहेको पनि स्पष्ट पारे।
राष्ट्रिय दलित पत्रकार संघ, नेपालले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले प्रदेश सरकारका लागि आवश्यक कानूनहरूको निर्माणको कामलाई अघि बढाएकाले संघीय सरकारसँग असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको तर्क पनि गरे।
मन्त्री जम्कट्टेलले प्रदेश सरकारको अधिकार दिने कुरामा पनि संघीय सरकारले कन्जुस्याई नगरेको बताए। “संघीय सरकारसँग टसल गरेर जाने पक्षमा प्रदेश ३ को सरकार छैन”, मन्त्री जम्कट्टेलले भने, “प्रदेश सरकारलाई अधिकार दिलाउने गरी संघीय सरकारले आवश्यक कानूनको निर्माण गरिरहेको छ।”
मन्त्री जम्कट्टेलले मुलुकलाई समृद्ध बनाउने एजेन्डामा सबैलाई आवद्ध भएर अघि बढ्न आह्वान गरे। त्यसका लागि काम गर्ने पुरानै शैलीमा परिवर्तन हुनुपर्ने उनको भनाई छ।