जडीबुटीसहित पक्राउ परेका अध्यक्ष र सचिवलाई वन कार्यालय बुझाइयाे
<p>बाजुरा। सामुदायिक वनबाट अवैधरूपमा जडीबुटी संकलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष र सचिवलाई आज जिल्ला वन कार्यालय बाजुरामा बुझाइएको छ।</p>
<p>हिमाली गाउँपालिका–१, बामुस्थित देवीडाँडा सामुदायिक वनबाट ४ मंसीरमा कटुकी नामक जडीबुटीसहित साेही वनका अध्यक्ष ३२ वर्षीय राजबहादुर भण्डारी र सचिव ५० वर्षीय वियलाल राेकाया पक्राउ परेका थिए।</p>
<p>जिल्ला प्रहरी कार्यालय बाजुराको टोलीले उनीहरूलाई पक्राउ गरेकाे हाे।</p>
<p>उनीहरूकाे साथबाट एक क्विन्टल कटुकी फेला परेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी उद्धव सिंह भाटले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्