सीमा बचाउन संयुक्त सांस्कृतिक अभियान

काठमाडौं। भारतले जारी गरेको नयाँ राजनीतिक नक्शामा नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र समावेश गरिएको छ।

सोही विषयलाई लिएर विभिन्न सांस्कृतिक संगठनले ‘सीमा बचाऔं संयुक्त सांस्कृतिक अभियान’ सञ्चालन गर्दैछन्।

९ मंसीरमा संगठनहरूले भारतीय दूतावासमार्फत् भारत सरकारलाई विरोधपत्र हस्तान्तरण गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

त्यस्तै नेपाल सरकार, विभिन्न राजनीतिक दलहरूलाई सीमा समस्या समाधानका लागि दबाबमूलक ज्ञापनपत्र दिने समेत कार्यक्रम छ।

यो अभियानमा नेपाल सांस्कृतिक संघ, जनसांस्कृतिक महासंघ नेपाल, रक्तिम सांस्कृतिक अभियान, समाजवादी सांस्कृतिक महासंघलगायत कलाकार एवं स्रष्टाहरूको सहभागिता रहनेछ।

जनसांस्कृतिक महासंघ अध्यक्ष खगेन्द्र राईले अहिले दुईतिहाइको सरकार भएका बेलामा सीमा विवाद समाधान गर्न सजिलो हुन सक्ने उल्लेख गरे।

नेपाल सांस्कृतिक संघ अध्यक्ष तीर्थबहादुर थापाका अनुसार यस अभियानअन्तर्गत, कविता वाचन, नाटक मञ्चन, गीत, गजलका कार्यक्रमहरू हुनेछन्।

यी कार्यक्रमले जनतालाई लिपुलेक, लिम्पियाधुराबारे थप जानकार बनाउने उनले दाबी गरे।

प्रतिक्रिया दिनुहोस्