काठमाडौं। पूर्वप्रधानसेनापति रुकमाङ्गद कटुवालले मुलुकको अन्तर्राष्ट्रिय सीमा सुरक्षामा तैनाथ सुरक्षाकर्मीको मनोबल बढाउनुपर्ने बताएका छन्।

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको मनोबल कमजोर बन्दा सीमा अतिक्रमण लगायतका समस्या बढेको संकेत गर्दै उनले उनीहरुलाई प्रोत्साहन र हौसला आवश्यक भएको बताएका हुन्।

“यसका लागि सरकार र सुरक्षा संगठनका प्रमुखहरुको समेत महत्वपूर्ण भूमिका हुन्छ”, पूर्वसेनापति कटवालले देखापढीसँग भने, “हाम्रा सुरक्षाकर्मीले छिमेकी देशका सुरक्षाकर्मीसँग डिल गर्न पनि मनोबल उच्च हुनुपर्छ, त्यसका लागि संगठनका प्रमुख र सरकारको पहल आवश्यक छ।”

सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बलसँग पर्याप्त स्रोत र साधन नहुँदा पनि सीमारक्षामा सम्झौता भएको उल्लेख गर्दै उनले मुलुकको सुरक्षासँग जोडिएको यो विषयलाई राजनीतिको विषय बनाउन नहुने बताए। निरन्तरको राजनीतिक अस्थिरताले सीमारक्षामा समेत असर पारेको उनको टिप्पणी थियो।

उनले लामो समयदेखि बल्झिँदै आएको भारतसँगको सीमा समस्या समाधान गर्ने उपयुक्त समय आएको समेत बताए। “अब सम्बन्धित क्षेत्रका विज्ञलाई समेत सहभागी गराएर सीमासम्बन्धी समस्या समाधानतर्फ लाग्नुपर्छ”, उनले भने।

" /> काठमाडौं। पूर्वप्रधानसेनापति रुकमाङ्गद कटुवालले मुलुकको अन्तर्राष्ट्रिय सीमा सुरक्षामा तैनाथ सुरक्षाकर्मीको मनोबल बढाउनुपर्ने बताएका छन्।

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको मनोबल कमजोर बन्दा सीमा अतिक्रमण लगायतका समस्या बढेको संकेत गर्दै उनले उनीहरुलाई प्रोत्साहन र हौसला आवश्यक भएको बताएका हुन्।

“यसका लागि सरकार र सुरक्षा संगठनका प्रमुखहरुको समेत महत्वपूर्ण भूमिका हुन्छ”, पूर्वसेनापति कटवालले देखापढीसँग भने, “हाम्रा सुरक्षाकर्मीले छिमेकी देशका सुरक्षाकर्मीसँग डिल गर्न पनि मनोबल उच्च हुनुपर्छ, त्यसका लागि संगठनका प्रमुख र सरकारको पहल आवश्यक छ।”

सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बलसँग पर्याप्त स्रोत र साधन नहुँदा पनि सीमारक्षामा सम्झौता भएको उल्लेख गर्दै उनले मुलुकको सुरक्षासँग जोडिएको यो विषयलाई राजनीतिको विषय बनाउन नहुने बताए। निरन्तरको राजनीतिक अस्थिरताले सीमारक्षामा समेत असर पारेको उनको टिप्पणी थियो।

उनले लामो समयदेखि बल्झिँदै आएको भारतसँगको सीमा समस्या समाधान गर्ने उपयुक्त समय आएको समेत बताए। “अब सम्बन्धित क्षेत्रका विज्ञलाई समेत सहभागी गराएर सीमासम्बन्धी समस्या समाधानतर्फ लाग्नुपर्छ”, उनले भने।

"> पूर्वसेनापति कटवालले भने- ‘सीमाक्षेत्रमा खटिने सुरक्षाकर्मीको मनोबल उच्च बनाऊ’ (भिडिओ): Dekhapadhi
पूर्वसेनापति कटवालले भने- ‘सीमाक्षेत्रमा खटिने सुरक्षाकर्मीको मनोबल उच्च बनाऊ’ (भिडिओ)
काठमाडौं। पूर्वप्रधानसेनापति रुकमाङ्गद कटुवालले मुलुकको अन्तर्राष्ट्रिय सीमा सुरक्षामा तैनाथ सुरक्षाकर्मीको मनोबल बढाउनुपर्ने बताएका छन्।

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको मनोबल कमजोर बन्दा सीमा अतिक्रमण लगायतका समस्या बढेको संकेत गर्दै उनले उनीहरुलाई प्रोत्साहन र हौसला आवश्यक भएको बताएका हुन्।

“यसका लागि सरकार र सुरक्षा संगठनका प्रमुखहरुको समेत महत्वपूर्ण भूमिका हुन्छ”, पूर्वसेनापति कटवालले देखापढीसँग भने, “हाम्रा सुरक्षाकर्मीले छिमेकी देशका सुरक्षाकर्मीसँग डिल गर्न पनि मनोबल उच्च हुनुपर्छ, त्यसका लागि संगठनका प्रमुख र सरकारको पहल आवश्यक छ।”

सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बलसँग पर्याप्त स्रोत र साधन नहुँदा पनि सीमारक्षामा सम्झौता भएको उल्लेख गर्दै उनले मुलुकको सुरक्षासँग जोडिएको यो विषयलाई राजनीतिको विषय बनाउन नहुने बताए। निरन्तरको राजनीतिक अस्थिरताले सीमारक्षामा समेत असर पारेको उनको टिप्पणी थियो।

उनले लामो समयदेखि बल्झिँदै आएको भारतसँगको सीमा समस्या समाधान गर्ने उपयुक्त समय आएको समेत बताए। “अब सम्बन्धित क्षेत्रका विज्ञलाई समेत सहभागी गराएर सीमासम्बन्धी समस्या समाधानतर्फ लाग्नुपर्छ”, उनले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्