‘लोक दोहोरी प्रतिष्ठान’ निर्वाचनः को-को निर्विरोध निर्वाचित भए?
काठमाडौं। अबको केही समयमा राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपालले नयाँ नेतृत्व पाउँदैछ। पोखरामा जारी सातौं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न लागिएको हो।

नयाँ कार्य समितिको लागि मतदान सम्पन्न भइसकेको छ। मतगणना जारी छ।

केही पदका लागि भने निर्विरोध चयन भएका छन्। जसमा वरिष्ठ उपाध्यक्षदेखि सह–कोषाध्यक्षसम्म छन्। वरिष्ठ उपाध्यक्षको लागि गायिका रीता थापामगर निर्विरोध चुनिएकी छिन्।

प्रथम उपाध्यक्षमा गायक पशुपति शर्मा, द्वितिय उपाध्यक्षमा रामजी खाँड निर्विरोध निर्वाचित भए। महिला उपाध्यक्षमा गायिका राधिका हमाल पुन पुनः निर्विरोध भएकी छिन्।

प्रतिष्ठानको नयाँ महासचिवमा सुवास केसी, उप–सचिवमा शंकर वीसी र शिव हमाल निर्वाचित भएका छन्। सांगठनिक सचिवतर्फ खुमन अधिकारी निर्विरोध चयन भएका छन्। महिला सचिवमा जमुना राना मगर निर्विरोध निर्वाचित भएकी छन्।

सह–कोषाध्यक्षमा पूर्णकला बीसी चयन भएकी छन्। सह–कोषाध्यक्षमा उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी हुन्।

अध्यक्ष पदका लागि रमेश विजी र विष्णु खत्री चुनावी मैदानमा छन्। एक हजार दुई सय भन्दा बढी मतदाताले मतदान गरेको निर्वाचन समितिले जनाएको छ। मतदानको अन्तिम नतिजा आज रातिसम्म आइसक्ने पोखराबाट गायक नविनसिंह धामीले देखापढीलाई बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्