नेपाली सेनाले सैनिक विज्ञान तथा प्रविधि प्रतियोगिता गर्ने
काठमाडौं। नेपाली सेनाले दोस्रो सैनिक विज्ञान तथा प्रविधि प्रतियोगिताको आयोजना गर्दैछ।

२०७० मा पहिलो प्रतिस्पर्धा आयोजना गरेको सेनाले दोस्रो प्रतिस्पर्धा १९–२० वैशाख २०७७ मा गर्ने भएको हो।

प्रतियोगितामा प्रतिरक्षा, वातावरण तथा संरक्षण, आन्तरिक सुरक्षा, प्रकोपका बेला आवश्यक पर्ने प्रविधिलगायतका विषयहरू समावेश गरिनेछ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने व्यक्ति, संस्थाले ८ पुससम्म नेपाली सेनाको वेबसाइटमा गएर अनलाइन फारम भर्न सक्नेछन्।

यस प्रतियोगितामा सहभागीहरूलाई चारवटा समूह (कक्षा १२ सम्मका विद्यार्थीहरू, स्नातकस्तरका विद्यार्थीहरू, व्यावसायिक व्यक्ति तथा संस्थाहरू र नेपाली सेना)मा विभाजन गरिनेछ।

प्रतियोगितामा सहभागी व्यावसायिक व्यक्ति तथा संस्थाहरूमध्येबाट प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः तीन लाख, एक लाख ५० हजार र ७५ हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिने सेनाले जनाएको छ।

स्नातकस्तरका विद्यार्थीमध्येबाट प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः दुई लाख, एक लाख र ५० हजार रूपैयाँ पुरस्कार दिइनेछ।

यस्तै कक्षा १२ सम्मका विद्यार्थीहरूमध्येबाट प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः एक लाख ५० हजार,७५ हजार र २५ हजार पुरस्कार प्रदान गरिनेछ।

नेपाली सेनाबाट भाग लिने प्रतिस्पर्धीहरूमध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः एक लाख, ७५ हजार र ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने सेनाको भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्