प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा <p>काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि धापासीस्थित ग्राण्डी अस्पताल पुगेका छन्।</p> <p>नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली अस्पताल गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले <em>देखापढी</em>लाई बताए।</p> <p>&ldquo;नियमित परीक्षण हो, स्वास्थ्य परीक्षणपछि उहाँ आजै निवास फर्कने योजना छ&rdquo;, थापाले भने।</p> <p>यसअघि प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमै दुईपटक मिर्गौलाको डायलासिस गरिएको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्