सीमा बचाऊ अभियानले सार्वजनिक गर्यो नेपालको नयाँ नक्शा

काठमाडौं। सीमा बचाऊ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक गरेको छ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानको नक्शा समितिले नेपालको राजनीतिक नक्शा तयार गरी सार्वजनिक गरेको हो।

अभियानले सार्वजनिक गरेको नक्शा डिजीटल एलिभेसन मोडेलबाट रेखांकन गरेको बताएको छ।

नक्शामा काली नदीको मुहानबारे र लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर तयार पारिएकाले यसलाई अन्तर्राष्ट्रियकरण गरिने बताइएको छ।

कार्यक्रममा नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्शाबारे घर घरमा चर्चा हुनुपर्ने बताए।

अभियन्ता रिसालले सार्वजनिक गरिएको नक्शा सुगौली सन्धी अनुसारको भएको बताए।

प्रतिक्रिया दिनुहोस्