बैंक अफ काठमाण्डूका पूर्वसिइओ श्रेष्ठलाई एक करोड धरौटीमा रिहा गर्न आदेश
काठमाडौं। बैंकिङ कसूरमा पक्राउ परेका बैंक अफ काठमाण्डूका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) अजय श्रेष्ठलाई धरौटीमा रिहा गर्न सर्वाच्च अदालतले आदेश दिएको छ।

उनीसँगै पक्राउ परेका बैंकका कर्मचारी किरणकुमार बोहोरालाई पनि धरौटीमा छाड्न सर्वाेच्चले आदेश दिएको छ।

उनीहरू दुवैजनासँग एक/एक करोड रूपैयाँ धराैटी माग्ने आदेश भएको सर्वाेच्च अदालतका सञ्चारविज्ञ किशोर पाैडेलले देखापढीलाई जानकारी दिए।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार रेग्मीको संयुक्त इजलासले आज उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएको हो।

उनीहरूलाई ५ असोजमा केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको थियो।

बैंक अफ काठमाण्डूको सिइओ हुँदा श्रेष्ठले नक्कली फाइलमा हस्ताक्षर गरेर ऋण दिएको आरोपमा उच्च अदालत पाटनले पूर्वपक्षमा थुनामा पठाउने आदेश दिएको थियो।

उच्चको निर्णय चित्त नबुझेपछि उनीहरू सर्वाेच्च पुगेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्